गृहमन्त्री लाई गैसस महासंघको ध्यानाकर्षण पत्र

कञ्चनपुर : जिल्लामा रहेका नागरिक संघसंस्थाको सहभागिता र गैसस महासंघ कञ्चनपुरको अगुवाईमा नेपाल सरकारका गृह मन्त्री माननीय रमेश लेखक लाई आज संघसंस्था ऐन २०८२ को मस्यौदालाई पुर्नबिचार तथा पुर्नलेखनका लागी ध्यानाकर्षण पत्र पेश गरेका छन ।

गैसस महासंघ नेपालले सबै जिल्ला तहबाट गृह मन्त्रालयलाई सिडियो मार्फत पुर्नलेखनका लागी ध्यानाकर्षण पत्र पेश गरिरहेको अवस्थामा कञ्चनपुर जिल्लामा गृह मन्त्री आईपुगे पछि गैसस महासंघले प्रत्यक्ष रुपमा भेटी आफना मागहरु राखेको थियो । गैसस महासंघ नेपालका केन्द्रिय उपमहासचिव भवराज रेग्मीले संघसंस्थाहरुको मागलाई बिस्तुत रुपमा राखेका थिए भने सो माग सुनेपछि गृह मन्त्री रमेश लेखकले संघसंस्थाहरुले राज्यलाई गरेको योगदानको कदर हुने,नागरिक स्पेसलाई खुम्चिन नदिने, समाजमा रहेका ससना क्लव तथा संस्थाहरु लाई समेत राज्यले सम्मान गर्ने कुरामा प्रतिबद्धता समेत जनाएका छन र वहाँले कञ्चनपुरमा संस्थाहरुले भोगीरहेका समस्याहरुमा समेत जानकारी लिनुभएको छ ।

उक्त कार्यक्रममा महासंघका उपमहासचिव भवराज रेग्मी,अधिकारकर्मी भगवती थापा,गैरसरकारी संस्था महासंघका पुर्व अध्यक्ष नरेश सिलाल, कञ्चनपुरका कार्यबाहक अध्यक्ष अमिर तिरुवा सचिव अञ्जु भट्ट,नागरिक समाज कञ्चनपुरका सचिव प्रभुनिधि पन्त,माईति नेपालकी सयोजक महेश्वरी भट्ट,डब्लुएचआरका अध्यक्ष जानकी जोशी,शान्ति पुर्नस्थापना केन्द्रका मनिष न्यौपाने,निडसका शारदा जोशी लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img