कञ्चनपुर : भीनपा–४ मा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष नरसिंह धामीको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती रहनुभयो। कार्यक्रमको सञ्चालन सहकारीका सचिव सुरेन्द्र ओझाले गर्नुभएको थियो भने पूर्वअध्यक्ष दयाकृष्ण जोशीले शुभकामना मन्तव्य दिनुभयो।

अध्यक्ष धामीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष नारायण चन्दले आर्थिक प्रतिवेदन पेस गर्नुभयो कार्यक्रममा प्रमुख अतिथि भारतीले पछिल्लो समय सहकारीसँग सम्बन्धित नकारात्मक समाचार र घटनाले बचतकर्तामा विश्वास संकट सिर्जना गरेको बताउँदै, यस्तो परिस्थितिमा सहकारीको पारदर्शी सञ्चालन र सदस्यमैत्री सेवामार्फत विश्वास पुनःस्थापना गर्नु आवश्यक भएकोमा जोड दिनुभयो।

उनले भनिन्, “भोलिको दिनको सुनिश्चितताका लागि सानो–सानो रकम बचत गर्ने बानी बसाल्नुपर्छ। सहकारीमार्फत विश्वास जित्दै आर्थिक वृद्धिसँगै समृद्धिको बाटोमा अघि बढ्न सकिन्छ। विश्वका धेरै राष्ट्रहरू सहकारीको प्रभावकारी उपयोग गरेर समृद्धि हासिल गर्दैछन्, हामीले पनि यसै मार्ग अवलम्बन गर्नुपर्छ।”
अध्यक्ष धामीले सबै सदस्यप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सल्लाह, सुझाव र सहयोगको अपेक्षा राख्नुभयो।
१७ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष धामीले कञ्चनपुर अञ्चल बाल अनाथालयलाई आफ्नो भत्ताबाट रु ३,२०० सहयोग गर्नुभयो भने लेखा सुपरिवेक्षक सुधा नाथले रु ३,५०० अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीलाई हस्तान्तरण गर्नुभयो।
