निर्माण व्यवसायी संघद्वारा सम्पादक तिवारीलाई पत्रकारिता क्षेत्रको सम्मान

महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरले पत्रकारिता क्षेत्रमा २४ वर्ष योगदान गरेकोमा अभियान दैनिकका सम्पादक लक्ष्मण तिवारीलाई पत्रकारिता क्षेत्रको सम्मान प्रदान गरेको छ । संघको १५औं अधिवेशन तथा २८औं वार्षिक साधारण सभाको अवसरमा सम्मान प्रदान गरिएको छ ।

सभाका प्रमुख अतिथि तथा गृहमन्त्री रमेश लेखकले सम्पादक तिवारीलाई सम्मानित गरेका छन् । संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टको सभापतित्वमा भएको सभामा गृहमन्त्री लेखकले सम्पादक तिवारीलाई दोसल्ला र सम्मान पत्रसहित सम्मानित गरे ।

सम्पादक तिवारीले २४ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील रही समाजका मुद्दालाई उठान गरेकोमा सम्मान गरेको जनाएको छ । उनी २०५८ सालदेखि पत्रकारितामा क्रियाशील छन् । उनी पत्रकार महासंघ कञ्चनपुरको २ कार्यकाल सचिव र १ कार्यकाल अध्यक्ष भइसकेका छन् । संघले शिक्षा क्षेत्रबाट पूर्वशिक्षिका नारा जोशी र सुदूरपश्चिम विश्वविद्यालय भाषा आयोगका अध्यक्ष टिकेन्द्रप्रसाद भट्टलाई सम्मानित गरेको छ । संघले ज्येष्ठ नागरिकहरूलाई पनि सम्मानित गरेको छ । संघको साधारण सभामा सदस्यहरू, जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

ताजा समाचार

spot_img