रेडियन्ट माध्यमिक विद्यालयमा हिज्जे प्रतियोगिता सम्पन्न

कञ्चनपुर :  कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माध्यमिक विद्यालयमा हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुको एउटा समूह र कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु अर्को समूह बनाई छुट्टाछुट्टै प्रतियोगिता सञ्चालन गरिएको थियो ।

कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरु बिच ४ वटा समूह विभाजन गरी सञ्चालन भएको प्रतियोगितामा यल्लो हाउस प्रथम, ग्रिन हाउस द्वितिय, ब्लु हाउस तृतीय र रेड हाउस ले सान्त्वना जित हात पारेको छ । त्यसैगरी कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुबिच भएको प्रतियोगितामा ग्रिन हाउस प्रथम, रेड हाउस द्वितिय, यल्लो हाउस तृतीय र ब्लु हाउस चौथो भएको छ ।

नियमित पढाईको साथसाथै अतिरिक्त क्रियाकलापहरु मार्फत विद्यार्थीहरुको ज्ञानको दायरालाई फराकिलो बनाउन उक्त प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले बताउनुभयो । साथै उहाँले यस प्रकारको प्रतियोगिताले विद्यार्थीहरुको अंग्रेजी हिज्जे सम्बन्धी ज्ञान बढाउने र शब्द उच्चारण तथा आत्मविश्वास बढाउन समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक लोकेन्द्र भट्टले गर्नुभएको थियो ।

ताजा समाचार

spot_img