गणेश सामुदायिक वनमा देउडा शुरु

कन्चनपुर : सुदूरपश्चिमको लोक संस्कृति सरक्षण गर्नका लागि कञ्चनपुरको एक सामुदायिक वनले देउडा खेल कार्यक्रम गरेको छ । बेदकोट नगरपालिका ६ मुसेपानीको गणेश सामुदायिक वन उपभोक्ता समुहले गौरा महोत्सव एव देउडा खेल कार्यक्रम राखेको होे । बुधबारदेखि सामुदायिक वनमा देउडा खेल शुरु भएको जनाएको छ । उक्त खेलको उद्घाटन गर्दै बेदकोट नगरका मेयर भोजराज बोहराले सरक्षणका क्षेत्रमा कार्यरत सामुदायिक वनबाट देउडा खेल सरक्षणको प्रयास सरानिय भएको बताए ।

मेयर बोहराले सबै क्षेत्रबाट देउडा खेल सरक्षण हुनुपर्नेमा जोडदिए । कार्यक्रममा उपमेयर तुलसी जोशीले आफ्नो धर्म, संस्कृति, कला साहित्य सरक्षणका लागि सामुदायिक वनबाट भएको प्रयास सरानिय भएको बताए । गणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष किसन सिह भण्डारीले लोभ हुँदै गएको सुदूरको संस्कृति देउडा खेलको सरक्षणका साथै वन वातावरण सरक्षणका लागि देउडा खेल कार्यक्रम गरिएको बताए । अध्यक्ष भण्डारीले सुदूरका चर्चित सहितका स्थानीय देउडियाहरुबाट देउडा खेल खेलाईरहेको बताए ।

गणेश सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष रामसिह धामीले सामुदायिक वनबाट आफ्नो मौलिक लोक संस्कृति सरक्षण गर्नका लागि गौरा महोत्सवसंगै देउडा खेल कार्यक्रम राखिएको बताए । उनले उक्त कार्यक्रममा सहभागितादेखि अवलोकनका लागि आग्रह गरेका छन । शुक्रबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाको प्रमुख आथित्यमा देउडा समापन गरिनेछ । गाँउमै देउडाको रौनक छाएपछि स्थानीय खुसी भएका छन ।

ताजा समाचार

spot_img