दोधारा । दोधारा चाँदनी नगरपालिकामा युनिसेफ नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारीमा आयोजित र दोधरा चाँदनी नगरपालिकाको समन्वय र सहकार्यमा बालमैत्री पूर्व चेतावनी प्रणाली सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ् । कार्यक्रमको मुख्य उद्देश्य नगरपालिकामा बालमैत्री पूर्व चेतावनी प्रणालीको कार्यान्वयन, स्थानीय विपद् व्यवस्थापन क्षमतामा सुधार, र सरोकारवालालाई पूर्व सूचनाको महत्व बारे जानकारी गराउनु रहेको बताईएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर, पालिकाका शाखा प्रमुख, वडाध्यक्ष नगर क्षेत्रका सक्रिय बाल क्लबका पदाधिकारी, संघ–संस्था, शिक्षक र सरोकारवालाहरु उपस्थिती रहेको थिए ।

कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय कैलालीका कार्यालय प्रमुख संजय कुमार शाहले जल तथा मौसम पूर्वसूचना सम्बन्धि अवस्था र व्यवस्थापनका विषयमा जानकारी दिनुभएको थियो । युनिसेफ नेपालका राष्ट्रिय पुर्वसुचना परामर्शदाता मधु सुदन गौतमले बालमैत्री पूर्व चेतावनी प्रणाली सम्बन्धि छलफल प्रदान गर्नुभयो । कार्यक्रममा बालमैत्री पूर्वचेतावनी प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सुझाव र विचार प्रस्तुत गरिएको थियो ।

जनप्रतिनिधीहरु लगाएत कार्यक्रममा सहभागीहरुले उपलब्ध ज्ञान र सीप आफ्नो क्षेत्र तथा समुदायमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमले स्थानीय सरोकारवालाको क्षमतामा सुधार गर्ने र बालबालिका सहित सबैका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने लक्ष्यमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ् ।
