दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बिद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित घरपरिवारलाई खाद्य सामग्री बितरण गरिएको छ् । केह िदिन अघि आएको लगातार वर्षा संगै जगबुडा नदीमा आएको बाढीको कारण दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्ला बस्तीमा २० घरपरिवारलाई निड्स नेपाल र दोधारा चाँदनी नगरपालिकाको सहयोग र सहकार्यमा खाद्यान्न बितरण गरिएको निड्स नेपाल स्कोप आरथ्री परियोजनाका सहजकर्ता रेनु विकले जानकारी दिनुभएको छ् । बाढी बस्तीमा पसेर नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा आश्रय लिदै आएका २१ घरपरिवारलाई खाद्यान्न सामग्री बितरण गरिएको सहजकर्ता रेनु विकले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका कार्यालय संग सहकार्य गरि उक्त सामग्री बितरण गरिएको उहाँले बताउनुभएको छ् । आश्रय स्थलमा खानाको समस्या देखिएको हुदा पाँच दिन सम्म पुग्ने गरि आश्रय स्थलमा बसेका बाढीपिडितहरुलाई खाद्यान्न सामग्री बितरण गरिएको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष तथा नगर प्रबक्ता हरि सिंह धनाडीले बाढीको कारण जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका पटरा खल्लाका स्थानियहरुलाई खाना र बस्नको व्यवस्था गरिदै आएको बताउनुभएको छ् । पटरा खल्ला बस्ती जोगाउन बनाईएको पक्की तटबन्ध जगबुडा नदीले फुटाएपछि बस्तीमा पानी पसेर स्थानियहरुले घर छोडेर बिद्यालयमा आश्रय लिएको बताउनुभएको छ् ।

सहयोगी संस्था निड्स नेपाललाई धन्यबाद दिदै नगर प्रबक्ता धनाडीले विपद् आएको बेला सबै मिलेर विपद् व्यवस्थापन तथा प्रतिकार्यको लागी सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा तिन दिन सम्म आएको अविरल वर्षा संग जगबुडा नदीको बाढीले बिशेष गरि दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ७, ८ र १० वडाहरु प्रभावित बनेका हुन् ।

पानीको सतह कम भएपछि बिद्यालय, सेभ हाउस, र आफन्तमा बस्दै आएका स्थानियहरु घर फर्केन थालेका छन् ।
