कञ्चनपुर : भिमदत्त नगरपालिका–१८ का २४ वर्षीय महेश सार्कीको भारतको बैंगलोर निधन भएको छ । पाँच महिनाअघि रोजगारीको सिलसिलामा भारतको बैंगलोर पुगेका सार्कीको मंगलबार मध्यराति अचानक दुःखद निधन भएको मृतकका बुवा शेरी सार्कीले बताएका छन ।

विगत २ दशकदेखि सुकुम्बासी बस्तीमा बस्दै आएका सार्की परिवार मजुदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन । जिविकोपार्जन गर्न हम्य भएका कारण वैदेशिक रोजगारीका लागी भारत गएका छोरा वर्षदिन नवित्दै अचानक निधन भएको खबरले परिवार सोकमा डुवेको छ भने अर्को तिर आर्थिक अभावका कारण शव नेपाल ल्याउन कठिनाइ भएको मृतकका बुवाले बताए । उनको कलिलै उमरेमा असामयिक निधनले परिवार तथा गाउँ शोकमा डुवेका छन ।

परिवारका अनुसार शव नेपाल ल्याउन १ लाख ८० हजार भारतीय रुपैयाँ आवश्यक पर्ने भएकाले तत्काल उक्त रकम जुटाउन नसक्दा शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाए ।आर्थिक अभावका कारण समस्यामा परेका मृतकका परिवारले सहयोगका लागि सबैसँग गुहार मागेका छन् । सहयोगका लागी स्थानीय सरकार, विभिन्न संघसंस्थाहरु तथा सहयोगी व्यक्तिहरुलाई परिवारले अपिल समेत गरेका छ्न ।

सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाले मृतककी आमा सीता सार्कीको कुमारी बैंकमा रहेको खाता नम्बर ०४९००२७०७९२००००१ मा सहयोग गर्न सक्ने छन । साथै थप जानकारीका लागि मृतकका बुवा सेरी सार्कीलाई ९८१०६३७०१७ मा सम्पर्क गरि सहयोग गर्न सकिने छ ।
