सुशासन र युवाको आवाजसहित ऐरीको उम्मेदवारी

कञ्चनपुर – यही भदौ २१ गते हुने निर्माण व्यवसायी संघको १५औं कार्यसमिति निर्वाचनमा युवा निर्माण व्यवसायी तारा सिंह ऐरीले सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।

भीनपा–१५ गोवरैया निवासी ऐरी समाजसेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्। सरल र शान्त स्वभावका कारण उनी निर्माण व्यवसायीहरूबीच पनि प्रिय मानिन्छन्। आदित्य निर्माण सेवामार्फत निर्माण क्षेत्रमा सक्रिय ऐरीले युवाहरूको बुलन्द आवाज र सुशासनको सुनिश्चितताका लागि आफू उम्मेदवार बनेको बताए।

“म सधैं निर्माण व्यवसायीहरूको हक–हितका लागि आवाज उठाउँदै आएको छु। यही भदौ २१ गते हुने निर्वाचनमा मलाई विजयी बनाएमा अझ सशक्त र बुलन्द रूपमा आवाज उठाउनेछु,” ऐरीले भने। उनले सम्पूर्ण निर्माण व्यवसायीहरूलाई समर्थन र भोट दिन अपिल गरेका छन्।

ताजा समाचार

spot_img