कञ्चनपुर : ‘धर्म, कला र संस्कृतिको शान, गौरा र डेउडा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सिद्धनाथ मन्दिर विकास समिति र सुदूरपश्चिम लोक संस्कृति संरक्षण समाजको सयुक्त आयोजनामा डेउडा खेल प्रतियोगिताक शुरु भएको छ ।

मंगलबार देखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर सिद्धनाथ मन्दिर समिति र सुदूरपश्चिम लोक संस्कृति संरक्षण समाजले महिला देउडा प्रतियोगिता आयोजना गरेको हो । भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष शुशिल भट्टले देउडाको उद्घाटन गर्दै सुदूरपश्चिमको लोक संस्कृति सरक्षणमा जोडदिएका छन ।

सिद्धनाथ मन्दिर समितिका कोषाध्यक्ष चेतराज जोशीले समिति सहितका ५ टिमविच प्रतिस्पर्धा हुने र विजेता टिमलाई पुरस्कार प्रदान गरिने बताए । सिद्धनाथ मन्दिर समितिका का वा अध्यक्ष कैलास भट्टले सरक्षण संरक्षणा लागि देउडा प्रतियोगिता गरेको बताए ।

