कञ्चनपुर । लगातार वर्षा संग जगबुडा नदीमा आएको बाढीको कारण नगर क्षेत्रको बस्तीहरुमा ताण्डव मच्चाएपछि दोधारा चाँदनी नगरपालिकाको स्थानिय विपद् व्यवस्थापन समितिको आपतकालिन बैठक सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा लगातार ४ दिन देखि वर्षा संग जगबुडा नदीमा आएको भिषण बाढीको कारण दोधारा चाँदनी नगरपालिकाको बिशेष गरि वडा नं. ३, ७, ८ र १० वडाहरुका बस्तीका घरहरुमा नदीको पानी पसेर बिस्तापित भएका १ सय ५७ घरपरिवारलाई दोधारा चाँदनी नगरपालिका कार्यालय बिस्तापितहरुलाई सुरक्षित स्थानमा ल्याएर खाना र बस्न गरेको हो ।

जगबुडा नदीको पानी बस्तीमा पसेर घरहरु डुवान र अन्नवालीको क्षतीको अवस्थालाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिकामा रहेको स्थानिय विपद् व्यवस्थापन समितिको आपतकालिन बैठक सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । बैठकमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल, युनिसेफ, नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षा अधिकारी, वडाध्यक्ष, शुदुरपश्चिम प्रदेशका सदस्य बेल बहादुर राना मगर, जल तथा मौसम बिज्ञान बिभाग कार्यालय अत्तरिया कैलालीका कार्यालय प्रमुख संजय शाह लगाएत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

बैठकमा बाढीको कारण भएका क्षतीको बिबरण संकलन, दिर्घकालिन समाधानको योजना तथा सहयोगको बारेमा निर्णय गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका विपद् शाखाका शाखा प्रमुख अमृत विकले बताउनुभएको छ् ।

