लुकाई राखेको रतुवाको मासु सहित दोधारा चाँदनीका भाट प्रहरी नियन्त्रणमा

दोधारा । दोधारा चाँदनी नगरपालिकामा रतुवाको मासु लुकाई छिपाई राखेको आरोपमा राजेन्द्र सिंह भाटलाई प्रहरलिे नियन्त्रणमा लिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ पुर्णागिरी टोल निवासी वर्ष अन्ताजी ५६ का राजेन्द्र सिंह भाटले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ शान्ती टोल बस्ने झग्गु सिंह भाटको घर नजिक खेतवारीमा लुकाई छिपाई राखेको अवस्थामा जंगली जवनावर रतूवाको मासु सहित राजेन्द्र सिंह भाटलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले जानकारी दिनभएको छ् ।

नियन्त्रण लिएको मासु सहित भाटलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाँउमा पठाईएको र थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक गाहा मगरले बताउनुभएको छ् ।

ताजा समाचार