जोगबुडा नदीले रामपुरे टापु र पटरा खल्लाको तटबन्ध भत्कायो

दोधारा । लगातार वर्षापछि जोगबुडा नदीमा निर्माण गरिएका तटबन्ध भत्काएर बाढी वस्तीमा पसेको छ् । दोधारा चाँदनी नगरपालिकाका अनुसार बाढी वस्तीमा पसेपछि डेढ सय बढी परिवारलाई सुरक्षित स्थानमा राखिएको छ् । दोधारा चाँदनी नगरपालिका ७ र ८ को सीमा क्षेत्र रामपुरे टापुमा गत आर्थिक वर्षमा निर्माण गरिएको तटबन्ध भत्किएको छ् । वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको जोगबुडा नदी नियन्त्रणको रु. ४५ लाख बजेट मध्ये रामपुरे टापुमा रु. १६ लाख खर्च गरी तटबन्ध निर्माण गरिएको हो ।

सोमबार विहान नदीमा अत्यधिक पानी भएपछि तटबन्ध भत्किएको हो । वडाध्यक्ष बहेक क्षेत्रीका अनुसार उक्त बस्तीका स्थानियहरुलाई सुरक्षित स्थानमा सार्ने काम भएको र भत्काएको तटबन्धमा नेपाल प्रहरी, स्थानियबासी, नगर प्रहरी, जनप्रतिनिधीको सहयोगमा बोरामा माटो राखेर नदीको बहाव रोक्न प्रयास गरिएको छ् ।

बाढी आएपछि दोधारा चाादनीका मेयर किशोर कुमार लिम्बु सहित वडा अध्यक्षहरु दिनभर सक्रिय भएका छन् । मेयर लिम्बुले नदीमा पानीको सतह बढ्दै गएकाले वासिन्दालाई सतर्क हुन आव्हान गर्नुभएको छ् ।

ताजा समाचार