दोधारा । निड्स नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई खाद्य तथा गैरखाद्य सामग्री उपलब्ध गराएको छ् । लगातार वर्षा र जगबुडा नदीमा आएको बाढीको कारण बिस्तापित तथा समस्यामा परेकाहरुलाई निड्स नेपाल कञ्चनपुरले खाद्य तथा गैरखाद्य सामग्री सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । गएराती दोधारा चाँदनी नगरपालिकामा पुगेर निड्स नेपाल कञ्चपुरको टोलीले दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु र दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख अमृत विकलाई ३० बोरा चामल, ९० केजी दाल, ३० केजी स्वयाविन, ३० प्योकट नुन, ३० केजी चिनी, ६० लिटर खाने तेल, ६० प्याकेट चिउरा, १ सय ५० प्याकेट भुजा, १ सय ५० प्याकेट चाउचाउ, ६० थान त्रिपाल, २० थान मेट हस्तान्तरण गरिएको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयले सहयोगको आह्वान गरेको प्रेस बिज्ञप्तीको आधारमा बाढीपिडितहरुलाई सहयोग गरिएको उहाँले बताउनुभएको छ् । बाढीपिडितहरुका लागी सहयोग सामग्री बुझ्दै दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बिगत लामो समय देखि दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई निड्स नेपाल कञ्चनपुरले सहयोग गर्दै आएको भन्दै धन्यबाद दिनुभएको छ् ।

भारतको उत्तराखण्डबाट आउनु पानीको कारण जगबुडा नदीमा पानीको बहाव बढेर बस्ती जोगाउन निमार्ण गरिएको केही तटबन्ध फुटेर डुवान तथा कटान गरेको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका– ३ को पटरा खल्ला बस्ती, वडा नं. ७ को कञ्चनभोज, वडा नं. ८ को सुन्दरनगर र जर्का टोल, अठार नम्वर वडा नं. १० को कुतियाकवर, पिल्लर बस्ती, शान्ती टोल लगाएत बस्तीमा जगबुडा नदीको पानी पसेर स्थानियहरुको घरहरु डुवान परेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

प्रारम्भिम तथ्यांक अनुसार झण्डै १ सय ५० घरधुरी बिस्तापित भई बिद्यालय, सुरक्षित आवास र आफन्तको शरणमा बसेको उहाँले बताउनुभयो ।
सामग्री प्राप्त गरे संगै रातीनै बिस्तापित भई बिद्यालयमा बसेका बाढीपिडितहरुलाई उक्त सामग्री बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख अमृत विकले बताएका छन् ।
