जिमुवा बिओपीको भवन कानुनमन्त्री सार्कीद्वारा उद्धघाटन

महेन्द्रनगर  : कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट(बिओपी) मा स्थापनाको पाँच वर्षपछि पुर्वाधार निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको योजना अन्तर्गत निर्माण गरेको अतिथि गृह भवनको आईतबार उद्धघाटन गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले अतिथि गृह भवनको उद्धघाटन गरे । ।

अतिथि गृह भवनको उद्धघाटन गदैँ मन्त्री सार्कीले मन्त्रालयले बिओपीहरुमा पुर्वाधार सुधार गर्ने योजना अन्तर्गत भवन निर्माण गरिएको बताए । उनका बिओपीमा पुर्वाधार नहुदाँ सिमा सुरक्षार्थ खटिएका प्रहरीले आफै सुरक्षीत हुने अवस्था रहेकाले प्रदेश सरकारले प्राथमिकतासाथ पुर्वाधार निर्माण गरिरहेको हो । साथै उनले प्रदेश सरकारले प्रहरीलाई सुरक्षा र विपद् उद्धारका लागि आवश्यक सामाग्री समेत प्रदेशभर वितरण गरेको पनि बताए । त्यस्तै पुर्वाधार निर्माणले सशस्त्र प्रहरी आवास व्यवस्थापनमा सहज हुने बताउँदै उनले सिमा निगरानी, अवैध ओसारपोसार नियन्त्रण र राजस्व छलि नियन्त्रणमा सक्रियाका साथ काम गर्न प्रहरीलाई निर्देशन समेत दिए ।

त्यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी(सिडिओ)ले सशस्त्र प्रहरीले सिमा निगरानी, अवैध ओपारपोसर नियन्त्रण र विपद् उद्धारमा महत्वपुर्ण भुमिका रहेको रहेको बताउँदै पुर्वाधार निर्माणले सेवा प्रवाहमा सहज हुने बताए । त्यस्तै सशस्त्र प्रहरी बलको सुदूरपश्चिम प्रमुख प्रदिप कुमार पालले पुर्वाधार निर्माणले प्रहरीको सेवा प्रवाहमा सहज हुने बताउनुभयो । उहाँले श्रोत साधनको अभावमा प्रहरीले सेवा प्रदान गरिरहेको बताउँदै सबै बिओपीहरुमा आवश्यक पुर्वाधार निर्माण लागि पनि सरकारसँग आग्रह गरे ।

प्रदेश सरकारद्धारा विनियोजित ४० लाख बजेटमा २९ लाख ७३ हजारमा ठेक्का सम्झौता भई अतिथि गृह निर्माण गरिएको मन्त्रालयका निमित्त सचिव आमोद दहालले बताए । उनका अनुसार अनुसार चालु आर्थिक वर्षमा थप तीन वटा बिओपीहरुमा पुर्वाधार निर्माण गर्ने प्रदेश सरकारको योजना छ । जिमुवामा गत वर्षको संघिय योजना अन्तर्गत दुई वटा प्रहरी ब्यारेक भवनको पनि निर्माण कार्य सम्पन्न भएको छ । जिमुवा क्षेत्रको दुर्गम टोल श्रीलंकामा रहेको बिओपी यस अघि खानेपानी कार्यालयको भवनमा बस्दैँ आएको थियो । वर्षाद्को समयमा बाढीको उच्च जोखिम रहेको यस क्षेत्रमा भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।

ताजा समाचार