कञ्चनपुर : असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्रले खुल्ला डेउडा कार्यक्रमको आयोजना गरेको छ । मंगलबार कञ्चनपुर उद्योग वाणिज्य संघको सभाहलमा खुल्ला डेउडा कार्यक्रमको उद्यघाटन गरिएको छ ।

उद्दघाटन समारोहमा असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्रकी अध्यक्षको सभापतित्वमा प्रमुख अतिथी गुगुल्डि वाङमयका अध्यक्ष बिर बहादुर चन्द‘विश्राम’ रहनु भएको थियो भने विभिन्न संघ संस्था, राजनैतिक दलका नेता, साहित्यकार, संस्कृतिविद, कलाप्रेमीहरुको उपस्थिति रहेको थियो ।

भाद्र १६ गते बाट शुरु भएको डेउडा कार्यक्रम केही दिन चल्ने छ कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र र सम्मान गरिने संस्थाकी अध्यक्ष मञ्जु गिरीले बताईन । उनले भनिन् ‘ अहिले संस्कृतिको नाममा विकृति बढ्दै गएको र हाम्रो संस्कृति परम्परा लोप हुदै गई रहेकोले यसलाई बचाउन हामीले खुल्ला डेउडा प्रतियोगिताको आयोजना गरेका हौं । यसले केही हद सम्म संस्कृतिको जोर्गना गर्ने हाम्रो बुझाई छ ।’

