पप्पु गुरुङ्ग, दोधारा । लगातार वर्षा पछि कञ्चनपुरको दोधारा चाँदनीमा रहेको जोगबुडा नदीको बाढीको कारण झण्डै १ सय ५० घरपरिवार बिस्तापित भएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. पटरा खल्ला बस्ती, कञ्चनभोज, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती, शान्ती टोल, कुतियाकवर बस्ती लगाएत झण्डै १ सय ५० घरपरिवार बिस्तापित भई बिद्यालय, सुरक्षित आवास, आफन्तको शरणमा बसेका छन् । अहिले उक्त बस्तीहरु जलमग्न भएको छ् । बिस्तापित भएका घरपरिवारलाई नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगाएत स्थानिय स्तरमा गठन भएका उद्धार टोलीद्धारा सुरक्षित स्थानमा सार्ने काम भएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालय, र संघ–संस्थाहरुले बिस्तापितहरुलाई खान र बस्नको व्यवस्था गर्दै आएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । अहिले सबैको सहयोगबाट अस्थायीरुपमा बोरामा माटो भरेर नदीको वहावलाई रोक्ने प्रयास भईरहेको उहाँले बताउनुभयो । आज बिहान अचानक जगबुडा नदीमा पानीको वहाव तिब्र भए संगै दोधारा चाँदनी नगरपालिकाको पटरा खल्ला बस्ती, सुन्दरनगर, रामपुरे टापु, अठार नम्वर पिल्लर बस्तीमा रहेको पक्की तटबन्ध नदीले फुटाएपछि बस्तीमा नदीमा पानी पसेर स्थानियहरुको घरहरु डुवानमा परेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभएको छ् ।

बिस्तापितहरुलाई दोधारा चाँदनी नगरपालिका कार्यालय र संघ संस्थाको सहयोगमा खान र बस्नको व्यवस्था गरिएको उहाँले बताउनुभयो । बाढीले मानवीय क्षति भएको छैन । जनज्योती माबि, अम्बिका माबि, जमुना आधारभुत बिद्यालय, सुरक्षित आवासमा लगाएत स्थानहरुमा बिस्तापित भएका स्थानियहरुलाई स्तान्तरण गरिएको छ् । आईतबार निरन्तर वर्षा भइ रहेकाले जोगबुडा नदीको बाढी वस्तीमा पस्न सक्ने भएकाले सतर्कता अपनाउन स्थानियलाई दोधारा चाँदनी नगरपालिका कार्यालय आग्रह गरेको छ् । दोधारा चाँदनी नगरपालिका संग समन्वय गरि बिस्तापितहरुलाई सहयोग गर्न संस्थाहरु संग सहकार्य भईरहेको निड्स नेपाल स्कोप आरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बु सहित नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगाएत स्थानिय स्तरमा गठन भएका उद्धार टोली, वडा समिति बाढी पीडित वासिन्दालाई सहयोगका सक्रिय रुपमा लागेको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ् ।
स्थानियबासीहरुले नेपाल सरकारले महाकाली नदी र जगबुडा नदी नियन्त्रण कार्यमा चरम लापरवाही गर्दै आएको गुनासो गरेका छन् ।
