बर्ड फ्लु रोग नियन्त्रण र प्रतिबन्ध सम्बन्धी दोधारा चाँदनीमा सचेतना कार्यक्रम

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वर्ड फ्लु रोग नियन्त्रण र प्रतिबन्ध सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुरको आयोजनामा दोधारा चाँदनी नगरपालिकामा वर्ड फ्लु रोग नियन्त्रण र प्रतिबन्ध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । सचेतना कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले आयोजक प्रति कृतज्ञता ब्यक्त गर्नुभएको छ् । नगर प्रमुख किशोर कुमार लिम्बुले बर्ड फ्लु रोग नियन्त्रण र प्रतिबन्धका लागि पालिकाबाट गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा भएको र सिमावर्ती भारतिय क्षेत्रमा वर्ड फ्लु रोग संक्रमण देखा परेको हुदा सर्तकता अपनाउनु आवश्यक रहेको उहाँले बताउनुभएको छ् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वर्ड फ्लु नियन्त्रणका लागि खुल्ला सिमानाकामा कडाईका साथ उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिनुभएको छ् ।

कैलाली, कञ्चनपुर जिल्लाबाट नजिकको क्षेत्रमा समेत बर्ड फ्लु रोग पुष्टि भईसकेको बताउदै सबैलाई समयमै सजकता अपनाउन प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आग्रह गर्नुभयो । पशु पन्छिमा लाग्ने रोगलाई भारतिय सिमाबाट नेपाल भित्रिन नदिन आफ्नो अध्यक्षतामा सोमबार नै बैठक बसेर पालीका स्तरमा सचेतना अभिबृद्धी र वर्ड फ्लु बारे जानकारी गराईरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभएको छ् । यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्र देब भट्टले समुदाय स्तरबाट पनि साथ र सहयोगको खाँचो रहेको बताउनुभयो ।

खुल्ला सिमा क्षेत्रबाट एक पिस कुखुरा भित्रिन नदीन उहाँले आफु मातहतको युनिटलाई निर्देशन दिनुभएको छ् । कुखुरा र मासुजन्य पदार्थ नेपाल भित्रियो भन्ने गुनासो आएपछि सो क्षेत्रको बिओपी प्रमुखहरुले स्पष्टीकरण दिनुपर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्र देब भट्टले बताउनुभयो । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पशु विकास निर्देशक श्याम सिंह खडकाले बर्ड फ्लु रोगलाई सामान्य रोग नसोच्न आग्रह गरे ।

खुल्ला सिमा क्षेत्र भएकाले भारतबाट जुनसुकै समयमा पनी रोग भित्रिन सक्ने बताउदै अहिलेबाट नै पूर्ण रोकथाममा लाग्न आवश्यक रहेको उहाँको भनाई छ् । कार्यक्रममा कुखुरा व्यवसायीहरुले समेत भारतबाट भित्रिने कुखुरा नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा कुखुरा व्यवसायीहरुले बजार भित्रको मासु कटिङ्ग हुने पसलमा निगरानी र अनुगमन गर्न आवश्यक रहेको बताएका छन् ।

 

ताजा समाचार