स्वर्गीय बुबाको स्मृतिमा पुर्व खेलाडी सिंहले गरे क्लबलाई आर्थिक सहयोग कञ्चनपुर जिल्लाको

महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना भएको खुला फुटबल प्रतियोगिताको लागि स्वर्गीय लाल बहादुर सिंह आफ्नो बुबाको स्मृतिमा पुर्व खेलाडी भुपेन्द्र बहादुर सिंहले क्लबलाई आर्थिक सहयोग गरेको छ।

अल स्टार युवा क्लबले गौरा पर्वको उपलक्ष्यमा भाद्र ७ देखि १४ गते सम्म सञ्चालन भैरहेको ८औं बेल्डाँडी खुला नकआउट फुटबल प्रतियोगिता २०८२ लाई सफल पार्नका लागी पुर्व खेलाडी एवं समाजसेवी, खेलप्रेमी युवा व्यवसायी भुपेन्द्र बहादुर सिंहले आफ्ना स्वर्गीय बुबा लाल बहादुर सिंहको स्मृतिमा आर्थिक सहयोग गरेका छन्।

उनले क्लबलाई पहिला खेलाडीका रुपमा सहयोग गर्दै आफुलाई एउटा उत्कृष्ट डिफेन्सका रुपमा चिनाउन सफल भएका थिए। भने पछिल्लो समयमा काठमाडौमा व्यवसाय गर्दै आएका उनले क्लब लाई नगद रु. २०५५ सहयोग गर्नुभएको क्लबले ई-सुदूर दर्पण डट कमलाई जानकारी गराउनु भयो। सहयोगी दाताहरु लाई क्लब परिवारले हार्दिक कृतज्ञता साथ धन्यवाद दिएका छन्।

ताजा समाचार