कञ्चनपुर : भारतमा बेचिएका ८ नेपाली महिलाकोे उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरले बेचिएका नेपाल महिलाको उद्दार गरेको हो । माईती नेपाल कञ्चनपुरको तथ्याङ्क अनुसार १६ जुलाई ०२४ देखि १५ जुलाई ०२५ सम्मकोे अवधिमा भारतका विभिन्न स्थानबाट उद्दार गरेको छ । हरियाण, पुना, चमौली, बिहारबाट १÷१, मुम्बई, पिथौरागडबाट २÷२ जना महिलाको उद्दार गरिएको हो ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भारतबाट उद्दार गरिएका महिलालाई घरपरिवारको जिम्मेबारी लगाईएको बताए । जिल्लाको गड्डाचौकीबाट १ सय २७, दोधाराचाँदनी झोलुङ्गेपुलबाट ३८ र महाकाली चारलेन पुलबाट ४८ गरेर २ सय ८६ जनालाई सीमाबाट रोकथाम गरिएको छ । १ सय २९ बालबालिका, १ सय ५७ महिलाको उद्दार गरिएको छ ।
सीमा क्षेत्रमा १२ हजार ८ सय ३२ सवारी साधन चेकजाँच गरेर २ सय ९० जनाको पुर्ननिलन गरिएको छ । सीमा क्षेत्रबाटै ३५ जनालाई सोझै घर फाईएको छ । यसविचमा मानव बेचबिखन बिरुद्धमा मुद्दा दर्ता गरिएको छ । शुक्रबार महेन्द्रनगरमा माईती नेपाल कञ्चनपुरले जिल्लाका सरोकारवालासंग मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि छलफल एव समाजिक परीक्षण कार्यक्रम गरेको छ ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले ०५९ सालदेखि गड्डाचौकी, ०७५ देखि झोलुङ्गेपुल र ०८० देखि महाकाली पुल क्षेत्रमा सेवा केन्द्र राखेर रोकथाम गरिरहेको बताए । सरोकारवालाहरुले माईती नेपाल कञ्चनपुरले बेचिएका महिलाहरुको उद्दारका लागि सरानिय काम गरेको बताएका छन । समाजिक लेखा परीक्षण परामर्सदाता समेत रहेका गैसस महासंघ कञ्चनपुरका उपाध्यक्ष अमिर तिरुवाले माईती नेपालले मानव बेचबिखन रोकथामका लागि सरानिय काम गरेको बताउँदै समाजिक कामका लागि माईतीको काम सरानिय भएको बताए । निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकासचन्द्र मडैले माईती नेपालले मानव बेचबिखन रोकथाम बिरुद्धमा गर्दै आएको कामबाट कयैन मानिस सुरक्षित रहेको बताईन । भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाले मानव बेचबिखन रोकथामका लागि माईती नेपालले गर्दै आएको सरानिय भएको बताए ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले माईती नेपालले भारतबाटै समेत उद्दार गरेर सरानिय काम गरेको बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले माईती नेपालले गर्दै आएको काम सरानिय भएको बताउँदै, माईती नेपालको जस्तै अन्य सरकारी निकायले समेत मानव बेचबिखन बिरुद्ध अग्रसर हुनुपर्ने बताए । मानव बेचबिखन रोकथामका लागि समाजिक सचेतना आवश्यक रहेको उनले औल्याए । जिसस प्रमुख बोहराले आगामी दिनमा माईती नेपालले थप सरोकारवालासंग समन्वय गरेर मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणमा सुझाव दिएका छन ।
