महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीमा आयोजना भएको ८औं संस्करण बेल्डाँडी खुला नक आउट पुरुष फुटबल प्रतियोगिता २०८२ अन्तर्गत झिलमिला युवा समाज ‘बि’ र दिप ज्योति एकता समाज ‘ए’ सेमिफाइनल प्रवेश गरेको छ।

अल स्टार युवा क्लबले गौरा पर्वको उपलक्ष्यमा आयोजना गरेको ८औं संस्करण बेल्डाँडी खुला नकआउट पुरुष फुटबल प्रतियोगिता २०८२ को अन्तर्गत पाचौं दिन भाद्र ११ गते समुह ‘क’ तर्फबाट पहिलो क्वाटरफाइनल खेल अल स्टार युवा क्लब “बि” र दिप ज्योती एकता समाज “ए” बिच भएको खेलमा १-० गोलको अन्तरले अल स्टार “बि” लाई हराउदै सेमिफाइनल पुग्न सफल भएको छ।

उक्त दिन भएको दोस्रो क्वाटरफाइनल खेल झिलमिला युवा समाज “बि” र बैबाह युवा समाज बिच भएको खेलमा ५-२ गोलको अन्तरले बैबाह युवा समाजलाई हराउदै झिलमिला युवा समाज “बि” सेमिफाइनल प्रवेश गरेको प्रतियोगिता संयोजक एवम् आयोजक क्लबका उपाध्यक्ष मनोज खडायतले बताउनु भयो।

उनका अनुसार भाद्र १२ गते समुह ‘ख’ अन्तर्गत पहिलो र क्वाटरफाइनलको तेस्रो खेल दोधारा (KFC) र वाईबी स्टार बिच दिउँसो १:३० बजे, क्वाटरफाइनलको चौथो अर्थात् अन्तिम खेल पुनर्वास नगरपालिका र इटाहा चारपाते युवा क्लब बिच दिउँसो ३:३० बजे प्रतिस्पर्धात्मक खेल हुने छन्।प्रतियोगिताको सेमिफाइनलका खेल भाद्र १३ गते हुनेछन् भने फाइनल खेल भाद्र १४ गते हुने छ।
