काठमाडौँ : महेन्द्रनगरका युवा सामाजिक अभियन्ता डा अमित चन्दलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड – २०२५ नेपाल’ प्रदान गरिएको छ। यो सम्मान पूर्व खानेपानी मन्त्री मोहम्मद अब्दुल सलाम खानले विशेष समारोहका बीच प्रदान गर्नुभएको हो। भारत, बंगलादेश र नेपालमा चन्दले पुर्याउँदै आएको सामाजिक योगदान र सामुदायिक सेवाको उच्च कदरस्वरूप यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो। चिकित्सा अध्ययनको व्यस्ततालाई समेत सन्तुलन गर्दै चन्द निरन्तर मानवीय सेवामूलक कार्य, जनचेतनामूलक अभियान र सामुदायिक पहलमार्फत सकारात्मक परिवर्तन ल्याउन सक्रिय रहँदै आएका छन्।

अवार्ड प्राप्तपछि चन्दले भने, “यो सम्मान मेरो व्यक्तिगत उपलब्धि मात्र नभई हाम्रा तीन राष्ट्रबीचको ऐक्यबद्धता र साझा मूल्यहरूको प्रतिनिधित्व हो। सेवा, करुणा र समर्पणले सीमाना नाघेर मानिसलाई जोड्न सक्छ भन्ने यसको शक्तिशाली सन्देश हो।” उनका अनुसार अवार्ड साझा मानवता, धैर्य र सहकार्यद्वारा प्रगतिप्रतिको प्रतिबद्धताको प्रतिबिम्ब हो र यो सम्मान आफूलाई साथ दिने सबैलाई समर्पण गरिएको छ। यस उपलब्धिलाई युवापुस्ताको नेतृत्व, करुणा र दृढसंकल्पले दीर्घकालीन सामाजिक प्रभाव पार्न सक्ने प्रमाणको रूपमा लिइएको छ। अमित चन्दको यस उपलब्धिले युवा पुस्तालाई सामाजिक सेवा र सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

