महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा कञ्चन समाजले हरितालिका तिज विशेष कार्यक्रम भब्यताका साथ मनाएको छ।

महिलाहरुको महान चाड हरीतालिका तिज विशेष कार्यक्रम भीमदत्त नगरपालिका वडा नं.- ०६ मा कञ्चन समाजले एक विशेष कार्यक्रमका साथ तिज विशेष कार्यक्रम मनाएको हो।

“कञ्चन समाजको आहवान बृद्धबृद्धाको सम्मान” भन्ने मुल नाराका साथ कञ्चन समाज तथा भी.न.पा. ६ नम्बर वडा कार्यालको संयुक्त आयोजना हरीतालिका तीज कार्यक्रम २०८२ को उद्घाटन भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यतामा कञ्चन समाजका अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ।

उक्त कार्यक्रममा भी.न.पा.–५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता पदम राज अवस्थी, भी.न.पा.–६ का वडा अध्यक्ष प्रकाश चन्द, कञ्चन समाजका निवर्तमान अध्यक्ष तेज सिंह कार्की, कञ्चन समाजका सल्लाहकार हरक सिंह धामी, समाज सेवी जनक राज अवस्थी लगायत अन्य अतिथीहरुको उपस्थिती रहेको थियो ।
