बडुवाल टोलमा मध्यरातमा पस्ने जंगली हात्तीको उपद्रो नियन्त्रण गर ! – सम्पादकिय

‘समाधानको लागी स्थानियबासी–सरकार बिच वार्ता जरुरी हुन्छ, जसका लागि नेपालको कुटनीतिक दक्षता आवश्यक हुन्छ् । स्थानियबासी र सरकार बीचको संवाद र वार्ताले सहमति खोज्न सकिने र हात्तीको उपद्रोलाई रोक्न सकिने निश्चित छ् । देशबासीको जिउ धनको सुरक्षा गर्नु राज्यको दायित्व हो । राज्य जनप्रतिनिधीहरुद्वारा सञ्चालित हुन्छ् र ती वास्तवमै जनताका सेवक हुन् भने जनताको रक्षाका लागि जिम्मेवार बन्नैपर्छ’

पप्पु गुरुङ्ग 

जंगली हात्तीको उपद्रोबाट कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलबासीमा झण्डै दुई दशक देखि आतंकित छन् । भारत संग जोडिएको सिमा बस्ती बडुवाल टोल क्षेत्रमा भारतिय जंगलबाट भित्रिएको हात्तीले दैनिक रातीको समयमा स्थानीयबासीले लगाएको अन्नबालीमा क्षति पुर्‍याउने गरेका कारण उनीहरु चिन्तित पनि छन् । वर्ष भरि पसिना बगाएर उत्पादन गरेको बालीनाली जंगली हात्तीले एकै रातमा नष्ट गरेका कारण आर्थिक क्षति त व्यहोर्नु परेकै छ, त्यसमाथी कुन बेला हात्तीले ज्यान लिने हो भन्ने चिन्ताले स्थानीयबासीहरु पिडित छन् । भारतको उत्तराखण्ड राज्यको जंगलबाट आहारको खोजीमा हिडेका हात्तीले हैरानी दिन थालेपछि बडुवाल टोल बस्ती क्षेत्रका स्थानियहरुले बिगत लामो समय नेपाल सरकारलाई गुहार लगाउदै आएका छन् ।

हात्तीबाट वालीनाली जोगाउन र मानविय क्षती रोक्न स्थानियहरुले बिभिन्न जुक्ति निकाल्दै आएपनि हात्तीको आतंक दिनहु बढ्दै गएको छ । बस्ती पारि भारत सरकारले आफ्नो बस्तीमा हात्तीबाट हुने क्षतीलाई रोक्न बिद्युतिय तारवार लगाएको छ् । भारतिय मानव बस्तीहरुमा तारबारका कारण भारतबाट आहारको खोजीमा दैनिक बडुवाल टोलमा हात्तीको ठुलो हुल पस्छ् । ठुलो क्षती गरेर फेरी भारतिय जंगलमा फर्कन्छ् । जुनबेला पनि जंगली हात्ती निर्वाधरुपमा बस्तीमा प्रवेश गरिरहेपनि सरोकारवालाहरु मौनता देखिएको छ् । बच्चा सहित भारतिय जंगलबाट बस्ती भित्रिने रैथाने हात्तीले रात परेपछि बस्ती पसेर घरहरु भत्काउने र भण्डारण गरिएको अन्न खाएर नष्ट गरिरहेको छ् ।

किसानहरुले खेती लगाएर हरियो हुने बेला बस्तीमा हात्तीले ठुलो उपद्रो मच्चाउछ् । पछिल्लो समय बस्तीमा जंगली हात्तीले भौतिक क्षति पुर्‍याउन थालेको छ् । लामो समय देखि सरकारलाई हात्तीको समस्या हल गरिदिन माँग राख्दै आएपनि अझै पनि त्यस क्षेत्रका बासिन्दा त्रासमा बस्न बाध्य छन् । जंगली हात्तीको आतंकबाट हैरानी व्यहोरिरहेका बडुवाल टोलबासीले पटक–पटक गरेको अनुरोधलाई निकुञ्ज कार्यालयले गम्भीरतापूर्वक लिईएको छैन । जसका कारण हात्तीको आक्रमणबाट समेत मानवीय क्षति पनि भईरहेको छ् ।

यद्यपि नेपाल सरकारले बस्तीमा थामथुमे काम बाहेक दिर्घकालिन समस्या हल गर्न ध्यान दिएको देखिन्न् । तर, हात्तीपीडितहरुको माँग राहत वा सहयोग होईन हात्ती आतंकको स्थायी समाधान हो । मानव–हात्ती द्वन्द्वको दीर्घकालीन समाधान विद्युतीय तारवार पनि नहुने विज्ञहरुले बताउदै आएका छन् । यसको समाधानको लागी स्थानियबासी–सरकार बिच वार्ता जरुरी हुन्छ, जसका लागि नेपालको कुटनीतिक दक्षता आवश्यक हुन्छ् ।

स्थानियबासी र सरकार बीचको संवाद र वार्ताले सहमति खोज्न सकिने र हात्तीको उपद्रोलाई रोक्न सकिने निश्चित छ् । देशबासीको जिउ धनको सुरक्षा गर्नु राज्यको दायित्व हो । राज्य जनप्रतिनिधीहरुद्वारा सञ्चालित हुन्छ् र ती वास्तवमै जनताका सेवक हुन् भने जनताको रक्षाका लागि जिम्मेवार बन्नैपर्छ ।

ताजा समाचार