सत्ताधारी दलविचकै दाउपेचले गेटा मेडिकल कलेज उद्घाटन गर्न धनगढी आएका स्वास्थ्यमन्त्री पौडेल रित्तै फर्किए

कञ्चनपुर : संगै बाँच्ने संगै मर्ने प्रेमप्रेमिका जस्तो कसम खाएर सत्ता गठबन्धनमा अघि बढेका नेपाली काँग्रेस र नेकपा एमालेविचको निहित दलिय स्वार्थले जतातथै बेतिथि भाँडभलो मच्चिन लागेको छ । कञ्चनपुरको महाकाली, कैलालीकोे सेती, टिकापुर सहितका सुदूरका अस्पतालमा समिति गठन महिनौँदेखि बिहिन भएको छ । निर्माण भएको गेटा मेडिकल कलेजको उद्घाटनको समेत चरम विवाद भएको छ । वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल धनगढी पुगेका छन। मन्त्री पौडेल बुधवार दिउँसो धनगढी पुगेका थिए । गेटा अस्पतालमा झण्डै २ महिना अगाडीबाट सञ्चालनमा आएको आकस्मिक कक्षको उद्घाटनका लागि मन्त्री पौडेल धनगढी आएका थिए। तर, सङ्घर्ष समितिको विरोधका कारण उद्घाटनको कार्यक्रम रोकिएको छ। मन्त्री पौडेलले धनगढीमा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गरेका छन्।

उनले असारमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयमा एमबीबीएसको अध्ययन सुरु हुने बताएका छन्। तीन सय शय्याको अस्पताल र चिकित्सा शिक्षा अध्ययनको काम आउदो असारबाट सुरु हुने दाबी उनको छ। सेती प्रादेशिक अस्पताललाई गेटामा गाभ्न नपाएकोमा मन्त्री पौडेलले दुःख व्यक्त गरेका छन्।सेती अस्पताल सङ्घीय सरकारको मातहतमा हुनुपर्ने र अछामको बयलपाटा अस्पताल लगायतका अन्य अस्पतालहरू सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने मन्त्री पौडेलको जोड रहेको छ। गत वर्ष पुस २३ गते गेटा अस्पतालको अवलोकन गरेका मन्त्री पौडेल दोस्रो पटक गेटा अस्पतालमा अवलोकन तथा आकस्मिक कक्षको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। तर, सङ्घर्ष समितिले तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने बाँचा गरेका मन्त्री पौडेलले एक कक्षको मात्र उद्घाटन गर्न लागेका भन्दै विरोध गरेको हो। सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे ओगोले मन्त्रीलाई उद्घाटनमा मात्र रोक लगाएको तर, अनुगमन गर्न कुनै रोक नहुने बताएका छन्।सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयमा हाल ५० शय्याको अस्पताल सञ्चालनमा रहेको छ। १० शय्याको आकस्मिक कक्ष २ महिना अगाडीबाट सञ्चालन गरिएको छ।

सुदूरपश्चिमका जनताले दशकौँदेखि प्रतीक्षा गरेको गेटा मेडिकल कलेजको सपना अझै अधुरो छ। ६ अर्बभन्दा बढी खर्च गरेर विशाल पूर्वाधार तयार पारिएको छ, ऐन बनेर विश्वविद्यालयको कानुनी बाटो खुलेको छ, तर अस्पताल सञ्चालनको कुरा भने अझै विवाद र असमझदारीको घेरामा छ। यहीबिच, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालमा निर्माण भएको १० शय्याको आकस्मिक कक्ष उद्घाटन गर्ने तयारी गरेपछि संघर्ष समितिले कडा आपत्ति जनाएको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेले मन्त्रीलाई छोटो अवधि भित्रै सुरू भएको आकस्मिक कक्षको उद्घाटन गरेर जनतालाई भ्रमित नगर्न चेतावनी दिएका छन्। उनले भने,“गेटा विश्वविद्यालयको ऐन भइसकेको छ। अब उपकुलपति, रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्त गरेर कम्तीमा ३सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्छ। तर, १० शय्याको आकस्मिक कक्ष उद्घाटन गरेर नाटक मञ्चन गर्ने काम स्वीकार्य छैन।”संघर्ष समितिले गेटा अस्पतालका निर्देशक डा। प्रदीप यादवले मन्त्रीलाई गलत बुझाएको आरोप समेत लगाएको छ।गेटामा मेडिकल कलेज स्थापना गर्ने सपना २०४८ सालमै देखिएको हो। बहुदलीय व्यवस्थापछि बनेको पहिलो निर्वाचित सरकारले सुदूरपश्चिममा मेडिकल कलेज खोल्ने नीति ल्याएको थियो। २०४९ सालमा तत्कालीन शङ्कराचार्यको अगुवाइमा सम्भाव्यता अध्ययनको काम प्रारम्भ भएको थियो।

२०५६ सालमा शङ्कराचार्य स्वयंले भवनको शिलान्यास गरेका थिए। हालसम्म गेटामा ७७ बिघा जग्गामा ४३ वटा भवन बनेका छन्। तर तीमध्ये धेरै अझै प्रयोगमा आएका छैनन्।३४ वर्ष लामो प्रतीक्षा पछि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने कानुनी प्रक्रिया सम्पन्न भए पनि वास्तविक सञ्चालनमा भने ढिलाइ हुँदै आएको छ।कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि नै गेटामा मेडिकल कलेज स्थापना गर्ने मागलाई आफ्नो पहिलो एजेन्डा बनाउँदै आएको छ। हरेक वर्ष सरकारलाई औपचारिक खबरदारी गर्दै आएको पनि १९ वर्ष भइसकेको छ।पूर्वाधार बनेर धुलो चाटिरहेका छन्। जनता उपचारको आशमा छन्, तर मन्त्रालयबीचको तानातानले सपना पूरा हुन सकेको छैन।हाल समस्या स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको तालमेल अभावमा अड्किएको देखिन्छ। शिक्षा मन्त्रालय मातहत आवासीय भवन बने पनि अस्पताललाई हस्तान्तरण गरिएको छैन।स्वास्थ्य मन्त्रालय हाल पचास शय्याको अस्पताल चलाएको छ। उपयुक्त पूर्वाधार भए पनि विभिन्न बहानामा तीन सय शय्याको अस्पताल र विश्वविद्यालय सञ्चालन गर्न ढिलो गरिरहेको प्रति संघर्ष समितिले आक्रोश व्यक्त गरेको छ। संघर्ष समितिले भनेको छ,“मन्त्रीले विश्वविद्यालय ऐनअनुसार ३ महिना भित्र पदाधिकारी नियुक्ति, विश्वविद्यालय सभा, भवन हस्तान्तरण, एमबीबीएस सिट संख्या निर्धारणजस्ता काम गर्नुपर्छ।

तर, त्यसको सट्टा ५ शय्याको उद्घाटन गरेर ‘रिबन काट्ने’ नाटक गर्नु जनता प्रति अपमान हो।”गेटा मेडिकल कलेज केवल एउटा भवन वा अस्पताल मात्र होइन, यो सुदूरपश्चिमका जनताको दशकौँदेखिको सपना हो। तर बारम्बारको ढिलाइ, राजनीतिक हस्तक्षेप र मन्त्रालयबीचको टकरावले जनतामा निराशा बढाएको छ। ३४ वर्षदेखि उठ्दै आएको माग, अर्बौँ लगानीमा बनेका पूर्वाधार, कानुनी ढाँचा तयार भइसकेको अवस्थाका बाबजुद पनि गेटा अझै “उद्घाटनको राजनीति”मा सीमित रहँदा स्थानीयहरू आक्रोशित भएका छन् गेटा विश्वविद्यालय परिसरमा भेटिएका स्थानीय हेमराज जोशीले यथाशीघ्र तीन सय शय्याको अस्पताल र विश्वविद्यालय सञ्चालन हुनुपर्ने बताए। उनले भने,“हामीलाई रिबन काट्ने होइन, पूर्णरूपमा सञ्चालनमा आएको मेडिकल कलेज चाहिन्छ। दुई महिना अगाडि सुरू भएको पाँच शय्याको आकस्मिक कक्ष उद्घाटनको कुनै औचित्य छैन।” यसरी सत्ताधारी नेताहरुविचको उद्घाटन दाउपेचमा फेरी गेटा झन विवादमा भाँसिएको छ ।

ताजा समाचार