पप्पु गुरुङ्ग, दोधारा । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाले मंगलवार सहकारी शिक्षा तथा तिज मिलन कार्यक्रम सञ्चालन गरेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा आयोजित उक्त कार्यक्रममा सहकारीका सदस्यहरुलाई तिजको शुभकामना आदान प्रदान गर्नुका साथै सहकारी शिक्षा र वित्तीय साक्षरताका विषयमा महत्वपूर्ण जानकारी प्रदान गरिएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाका शाखा प्रमुख लोकेन्द्र गौतमले जानकारी दिनुभएको छ् । कार्यक्रमका सभापतित्व किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शुक्लाफाँटा ईलाका प्रमुख जयशंकर न्यौपाने रहनुभएको थियो भने, दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी प्रमुख अतिथी रहनुभएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाका शाखा प्रमुख लोकेन्द्र गौतमले बताउनुभएको छ् ।

कार्यक्रममा संस्थाले आफ्ना सदस्यहरुको सुख दु:खमा साथ दिने प्रतिबद्धता अनुसार एक पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ् । सदस्य पार्वती सुनारको निधन भएपछि संस्थाले सदस्य सुरक्षा कार्यक्रम अन्तर्गत उहाँको श्रीमान रु. ३ लाख ५ हजार चेक रुपैयाँ प्रदान गरेको हो । संस्थाले यस किसिमको सहयोग मार्फत आफ्ना सदस्यहरुको जिवनमा आईपर्ने आकस्मिक घटनाहरुमा सहारा बन्दै आएको कुरालाई यस घटनाले थप पुष्टि गरेको कार्यक्रममा बताईएको छ् । कार्यक्रममा बोल्दै किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शुक्लाफाँटा ईलाका प्रमुख जयशंकर न्यौपाने संस्थाको गौरवपूर्ण इतिहास र वर्तमान अवस्था बारे प्रकाश पार्नुभयो ।

नेपालीहरुको महान पर्व हरितालिका तिजको उपलक्षयमा श्रावण ११ गते देखि संस्थाले सुरु गरेको सहकारी शिक्षा तथा तिज मिलन कार्यक्रममा भाद्र १५ गते सम्म टोल बस्तीहरुमा सञ्चालन गरिने किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाका शाखा प्रमुख लोकेन्द्र गौतमलेले बताउनुभएको छ् । शाखाले प्रदान गरिरहेका विभिन्न सेवाहरु र निकट भविष्यमा थप नयाँ योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । शाखा प्रमुख गौतमले सदस्यहरुलाई बचत, ऋण तथा अन्य सेवाहरुमा सक्रिय सहभागीताका लागि आग्रह गर्दै सहकारीलाई थप सबल बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबि जोशीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन र विपन्न वर्गका मानिसहरुलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको उपमेयर जोशीले बताउनुभयो । विस. २०५२ सालमा जम्मा २५ जना सदस्यबाट सुरु भएको यो सहकारी संस्थाले आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा ४० शाखा मार्फत सेवा प्रवाह गर्दै आएको कार्यक्रममा बताईएको छ् ।
हाल संस्थामा देशभरमा ९० हजार बढी सेयर सदस्यहरु आबद्ध भईसकेको छ् । कार्यक्रममा संस्थाका सदस्यहरुले यस किसिमका कार्यक्रमहरुले सदस्यहरु बीचको आत्मीयता र एकतालाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
