दोधारा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले दोधारा चाँदनी नगरपालिकामा सडक छेउमा उम्रेका झाडी सरसफाई कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ६ को आँप बगैचा देखि पेट्रोल पम्प सम्मको झण्डै ३ किलोमिटर बढी मुल सडक खण्डमा राष्ट्रिय युवा संघ नेपालले सडक छेउमा उम्रेका झाडी सरसफाई गरेको राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका नगर अध्यक्ष बिनोद चोधरीले जानकारी दिनुभएको छ ।

मुल सडक खण्डमा झाडी तथा फोहरको कारण सडक दुर्घटना हुने गरेको हुदा राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिका– ६ को आँप बगैचा देखि पेट्रोल पम्प सम्मको झण्डै ३ किलोमिटर सडक छेउमा उम्रेका झाडी तथा फोहर सरसफाई गरिएको उहाँले बताउनुभयो ।

सरसफाई कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेत, राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका नगर अध्यक्ष बिनोद चोधरी, राष्ट्रिय युवा संघ नेपाल पुर्व केन्द्रिय सदस्य रामसिंह खड्का लगाएत राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सडक दुर्घटना न्युनिकरण गर्न बिभिन्न समयमा सरसफाई संग सचेतनामुलक कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीले गर्दै आएको छ् ।
