दोधारा । बाढीमा परेकालाई उद्दार गर्न प्रयोग हुने रेस्क्यु बोट चलाउन दोधारा चाँदनीका नगर प्रहरीलाई प्रशिक्षण दिइएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नगर प्रहरीलाई विपद् पूर्व अभ्यास सहित उनीहरुलाई रेस्क्यु बोट चलाउन प्रशिक्षण दिइएको हो । दोधारा चाँदनी नगरपालिका र स्थानिय संघ–संस्थाको सहयोग र सहकार्यमा खरिद गरिएको बाढीमा परेकालाई उद्दार गर्न प्रयोग हुने रेस्क्यु बोट चलाउन नगर प्रहरीलाई प्रशिक्षण गराईएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।

गत वर्ष खरिद गरिएको रेस्क्यु बोट चलाउने कोही नभएको अवस्थामा नगर प्रहरीलाई रेस्क्यु बोट चलाउन प्रशिक्षण गराईएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ जगबुडा नदीमा प्रशिक्षण गरिएको उहाँले बताउनुभएको छ् । बिगतमा बाढीमा उद्धारको लागी नेपाल प्रहरी र सशस्त्र प्रहरीले रेस्क्यु बोट चलाउदै आएको थियो ।

दोधारा चाँदनी नगरपालिका बाढीको उच्च जोखममा रहेको पालिका हो । अहिले बाढीको जोखिम बढी रहेकाले तालिम प्राप्त नगर प्रहरी सहित रेस्क्यु बोट तयारी अवस्थामा राखिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

रेस्क्यु बोट हुदा दोधारा चाँदनी नगरपालिकाको बाढी ग्रस्त बस्ती कुतियाकवर, सुर्खेती टोल, शान्ती टोल, बैतिफाँटा, अठार नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, पटरा खल्ला लगाएत बस्तीमा बाढीमा फसेकालाई उद्दार गर्न सहज हुदै आएको हो ।
