दोधारा चाँदनी सुख्खाबन्दरगाहको शिलान्यास आशन्न प्रधानमन्त्रीको भारत भ्रमणमा हुन्छ् : उद्योगमन्त्री भण्डारी

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुन लागेको दोधारा चाँदनी सुख्खा बन्दरगाहको शिलान्यास गर्ने तयारी गरिएको छ् । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुुर्ति मन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री आशन्न भारत भ्रमणमा सुख्खा बन्दरगाहको शिलान्यास गर्ने तयारी भईरहेको बताउनु भयो । उहाँले सोमबार सुख्खा बन्दरगाह निर्माण स्थलको निरिक्षण गर्दै पत्रकार संग यस्तो बताउनु भएको हो । सुदूरपश्चिमै महत्वपुर्ण आयोजना दोधारा चाँदनी सुख्खाबन्दरगाह लामो प्रतिक्षापछि सुरु गर्ने पक्रियामा हामी अगाडी बढेका उद्योग वाणिज्य तथा आपुुर्ति मन्त्री दामोदर भण्डारीले बताउनुभयो ।

तिन अर्व ८० करोडको लागतमा बन्ने गरि ठेक्का सम्झौता भईसकेपछि निमार्ण कार्य अघि बढेको र सम्माननीय प्रधानमन्त्रीका आउदो भारत भ्रमका क्रममा दुई देशका प्रधानमन्त्रीको तर्फबाट शिलान्यास गर्ने गरि कार्यक्रम तय भएको उहाँले बताउनुभएको छ् । साथै नेपालले भारतका अन्य व्यापारिक पोर्ट प्रयोगका लागि पनि भारतीय पक्ष संग सकारात्मक रुपमा छलफल अगाडी बढेको पनि बताउनुभयो ।

पश्चिम नेपालको सिमा संग नजिक रहेको भारतको मुन्द्रा पोर्ट हाम्रो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । तेस्रो मुलुक संग सबै भन्दा छोटो व्यापारिक निकटता हुने र यसले अन्तरदेशिय व्यापारमा सहज हुने मन्त्री दामोदर भण्डारीको भनाई छ् । साथै तीन वर्ष भित्र निर्माण कार्य सम्पन्न हुने पनि उहाँले दाबी गर्नुभयो ।

दोधारा चाँदनीमा भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुख्खा बन्दरगाह निर्माण काम अघि बढेको हो । यसले सुदूरपश्चिमकै आर्थिक समृद्धीमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ् ।

 

ताजा समाचार