पक्की तटबन्धले दोधारा चाँदनीको ‘पटरा खल्ला बस्ती’ सुरक्षित

दोधारा । पक्की तटबन्ध निमार्ण भएपछि दोधारा चाँदनीको पटरा खल्ला बाढीको जोखिममुक्त बनेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लामा महाकाली सिचाई तेस्रो आयोजनाले बस्तीलाई जोगाउन पक्की तटबन्ध निमार्ण गरिदिएपछि बाढीको जोखिमबाट सुरक्षित बनेको स्थानियबासीहरुले बताएका छन् । गएको वर्षमा आएको वर्षा संग जगबुडा नदीको भंगालो बस्तीमा पसेर तहसनहस गरेपछि स्थानिय सरकारको पहलमा पटरा खल्ला बस्तीमा ८ सय मिटर पक्की तटबन्ध निमार्ण भएपछि आफुहरु बाढीको जोखिमबाट सुरक्षित भएको स्थानियबासी सपना सुनारले बताउनुभयो । पक्की तटबन्ध निमार्ण पछि ३५ घरधुरी घरपरिवारले अहिले आएर सुरक्षाको अनुभूति गर्न थालेको उहाँले बताउनुभएको छ् ।

गएको वर्षमा आएको बाढीको कारण आफुहरुले ज्यान जोगाउन समेत समस्या परेको स्मरण गर्दै सपनाले बर्षाको समयमा ढुक्क भएर सुत्न र बस्न सक्ने भएको बताउनुभयो । वर्षायाममा जगबुडा नदीको आएको भंगालो बस्तीमा पसेर बस्तीनै तहसनहस गर्ने समस्या हट्ने भएपछि स्थानियबासीहरुमा खुशीयाली छाएको उहाँले बताउनुभएको छ् । बाढीको बेला बस्तीबासीहरुले झेल्दै आएको समस्या समाधान भएको बिश्वास लिएको दोधारा चाँदनीका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा संग जोडिएको पटरा खल्ला बस्तीमा बाढीको बेला बस्तीनै असुरक्षित रहदै आएको अवस्थामा स्थानिय सरकारको पहलमा बस्तीनै सुरक्षित हुने गरि पटरा खल्लामा तटबन्ध निमार्ण गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

बर्सेनी जगबुडा नदीको भंगालो बस्तीमा पसेर कटान र डुबानको समस्या भोग्दै आएको पटरा खल्ला बस्तीका स्थानियहरुको पिडा देखेरै तटबन्ध निर्माण गरिएको उहाँले बताउनुभएको छ् । वर्षायाममा जगबुडा नदीमा पानी बस्तीमा पसेर उत्पात मचाउदै आएको र हाल बाँध बनाएर नदीलाई नियन्त्रण गरी बस्तीलाई सुरक्षित बनाउन सफल भएको नगर प्रमुख लिम्बुको भनाई छ् ।

डाईनामाइक निमार्ण सेवा प्रालिले पटरा खल्ला बस्तीको पक्की तटबन्ध निमार्ण कार्य हालै सम्पन्न गरेको हो ।

ताजा समाचार