दोधारा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले दोधारा चाँदनी नगरपालिकामा गाँजाको बोट नष्ट गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीले सडक छेउमा प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरेको राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका नगर अध्यक्ष बिनोद चौधरीले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ कञ्चनभोज पक्की पुल देखि भारत जाने सडक खण्डमा उम्रेका गाँजाका बोट तथा सडक छेउमा रहेको झाडी फोहर सफा गर्ने कार्य सम्पन्न गरेको राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका नगर अध्यक्ष बिनोद चौधरीले बताउनुभयो ।

कञ्चनभोज पक्की पुल देखि भारत जाने झण्डै २ किलोमिटर सडक छेउमा रहेको गाँजाका बोट र झाडी तथा फोहर सफा गरिएको उहाँले बताउनुभएको छ् । सडक छेउमा सरसफाई संग युवाहरुलाई कुलतमा नलाग्न सचेतनामुलक कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपाल नगर अध्यक्ष बिनोद चौधरीको भनाई रहेको छ् । सडक छेउमा ब्यग्रल्तीरुपमा उम्रिएका गाँजाको बोट तथा फोहर राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको टोलीले सफा गर्ने कार्य सम्पन्न गरेको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् ।

श्री कृष्णजन्माष्टमीको पावन अवसर पारेर दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज क्षेत्रको सडकमा उम्रेको गाँजाको बोट तथा फोहर नष्ट गरेको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो । युवाहरुले गाँजाको पात हातमा मोलेर गाँजा निकाली सेवन गर्ने कार्य भईरहेको हुदा लागुऔषध नियन्त्रणमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले थालेको गाँजाका बोट नष्ट संगै फोहर सरसफाई अभियान प्रशंसनिय रहेको वडाध्यक्ष बहेक क्षेत्रीले बताउनुभएको छ् ।

यस्तै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नगर प्रहरी, नेपाली काग्रेंसको तरुण दल, स्थानिय युवा, नेपाल प्रहरी लगाएत बिभिन्न संघ संस्थाहरुले सडक दुर्घटना न्युनिकरण गर्न बिभिन्न समयमा सरसफाई संग सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
गाँजाको बोट नष्ट कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रिय सदस्य राम सिंह खड्का, राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका नगर अध्यक्ष बिनोद चौधरी लगाएत नगर कमिटिको टोली रहेका थिए ।
