दोधारा चाँदनीमा नगर प्रहरीको साताव्यापी सडक सरसफाई अभियानमा जनताको साथ

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगर प्रहरीको नगर सरसफाई अभियानमा स्थानियहरुले साथ दिएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगर क्षेत्रमा सडक दुर्घटना बढ्दै गएको अवस्थामा नगर प्रहरीले थालेको साता व्यापी सरसफाई अभियानमा प्रेरित जनताले साथ दिदै आएको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । सडक छेउमा उम्रेका झाडी तथा खाल्डा खुल्डीमा माटो भर्ने कार्य गरि सडक दुर्घटना न्युनिकरणमा नगर प्रहरीको ठुलो सहयोग रहेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभयो । दिन प्रतिदिन बढ्दै गइरहेको सडक दुर्घटना रोकथाम संगै सडकमा भएका खाल्डा खुल्डीमा वर्षाको पानी जमेर डेंगु तथा मलेरिया जस्ता रोग लाग्न हुदा नगर प्रहरीको सडक सरसफाई अभियान निकै उत्साहजनक भएको उहाँले बताउनुभएको छ् ।

नगर प्रहरीको सडक सरसफाई अभियानमा स्थानियबासीहरुले साथ दिदै आएको सभापती राजेन्द्र मल्लको भनाई रहेको छ् । सडक सरसफाई संगै सचेतनामुलक कार्य सहनिय र प्रशंसनिय रहेको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्यायले बताउनुभएको छ् । स्थानियबासी, संघ–संस्था, वडा कार्यालय, प्रहरी संग समन्वय र सहकार्य गर्दै वर्षायामको बेला सडक छेउमा उम्रेका झाडी र खाल्डा खुल्डीमा माटो भर्ने बिगत केही महिना देखि गर्दै आएको नगर प्रहरी सरसफाई तथा सचेतनामुलक कार्यक्रमलाई सबैले रुचाएको उहाँले बताउनुभयो ।

‘घर आँगन सफा राखौं, वातावरण स्वच्छ बनाऔं’ नारा सहित नगर प्रहरीले मुल तथा शाखा सडक खण्ड क्षेत्रमा लक्षित गर्दै अभियान सञ्चालन गर्दै आएको उहाँले बताउनुभएको छ् । सडक क्षेत्रमा सरसफाई गर्नु केवल देखिने स्वरुप मात्र नभई स्वास्थ्य, पर्यटन र वातावरणीय सन्तुलनका लागि पनि आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता अभियानले समाजमा सरसफाई प्रतिको चेतना बढाउने विश्वास व्यक्त गर्नुभयो ।

सबै स्थानिय बासिन्दालाई घर वरिपरि सफा राख्न, फोहोर नगर्न र सरसफाइलाई जिवन शैलीको अभिन्न अंग बनाउन दोधारा चाँदनी नगर प्रहरी आह्वान गर्दै आएको छ् ।

ताजा समाचार