राष्ट्रिय क्षयरोग नियन्त्रण बोर्डका निर्देशकको टोलीद्धारा दोधारा चाँदनी अस्पतालको अनुगमन

दोधारा । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक श्रीराम तिवारी, उप–सचिव बिर बहादुर रावल एक टोलीले दोधारा चाँदनी नगर अस्पतालको अनुगमन गर्नुभएको छ् । आज राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक श्रीराम तिवारी, उप–सचिव बिर बहादुर रावल एक टोलीले दोधारा चाँदनी नगर अस्पतालको अनुगमन गर्नुभएको दोधारा चाँदनी नगर अस्पतालका प्रमुख डा. जिवन स्नेहीले बताउनुभएको छ् ।

टोलीले दोधारा चाँदनी क्षेत्रमा क्षयरोगको अवस्था औषधी प्रयोग तथा नियन्त्रणको गरिएको कार्यको बारेमा जानकारी लिएका थिए । सोचे भन्दा राम्रो अवस्थामा अस्पतालले कार्य गर्दै आएको टोलीले बताएको छ् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक श्रीराम तिवारी, उप–सचिव बिर बहादुर रावलको टोलीले दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर मेयर, उपमेयर संग भेट गरेका छन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आगामी दिनहरुमा गर्नसक्ने सहयोगको बारेमा समेत छलफल गरिएको दोधारा चाँदनी नगर अस्पतालका प्रमुख डा. जिवन स्नेहीले बताउनुभएको छ् ।

ताजा समाचार