बडुवाल टोलमा जंगली हात्तीको आतंक उस्तै : ज्यान जोगाउन रातभरी जाग्रम

दोधारा । भारतिय जंगल संग जोडिएको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका बडुवाल टोलका फेरि जंगली हात्तीको आतंक छाएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं ३ बडुवाल टोल नजिक रहेको भारतिय जंगलबाट भित्रिने जंगली हात्तीको बथानले स्थानियहरुमा त्रास छाएको हो । हात्तीको आतंकको कारण एक साता देखि सुत्न नपाएको स्थानियबासीहरुले बताएका छन् । जगबुडा नदी पारि नेपाल–भारत संग जोडिएको सिमा बस्ती बडुवाल टोलमा बिगत लामो समय देखि जंगली हात्तीको बथानले बेला बखत बस्तीमा घर समेत तोडफोड गर्दै आएको छ् । मध्यरातमा बस्ती भित्रिने जंगली हात्तीको बथानले बस्तीमा मानविय क्षती हुने संत्रास त्यत्तीकै बढेर गएको स्थानियबासी बल बहादुर सुनारले बताउनुभयो ।

मध्यरातमा जंगली हात्तीले बालीनाली नष्ट गर्दै घर भत्काउन थालेपछि मानविय क्षती हुने डरले रातीको समयमा जाग्रम बस्न थालेको उहाँले बताउनुभएको छ् । किसानहरुले लगाएको धान, मकैवाली हात्तीले रातीको समयमा नष्ट गर्न थाले संगै ‘छाक कसरी टार्ने’ भन्ने चिन्ताले सताएको बल बहादुर सुनारले बताउनुभयो । रात पर्ना साथ जंगली हात्तीको त्रासमा बस्नु पर्ने बडुवालबासीहरुको दैनिकी बनेको छ् ।

वर्षौ देखि किसानहरुले लगाएका अन्नवाली हात्तीले नष्ट गर्नुको साथै घरहरु भत्काएर मानविय क्षतीको त्रास बढाएको स्थानियहरुको भनाई रहेको छ् । नेपाल सरकारले जंगली हात्ती नियन्त्रण गर्न नसकेको भन्दै स्थानिय आक्रोशित बन्दै आएका छन् ।

बडुवाल टोलमा बर्षेनी जंगली हात्तीले ठूलो धनमालको क्षती गर्दै आएको भएपनी सरकारले जंगली जनावरबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ् । बस्तीमा रातीको समयमा जंगली हात्ती, बाघ लगाएत वन्यजन्तुले स्थानियहरुलाई हैरान गर्दैै आएको छ् ।

 

ताजा समाचार