दोधारा । दोधारा चाँदनी नगरपालिकाका बादी घरपरिवार कच्ची घरमा त्रिपाल मुनी रात काट्न बाध्य भएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– बडुवाल टोलका १३ घरपरिवार कच्ची घरमा वर्षाको पानी चुहिएपछि त्रिपाल लगाएर बस्न बाध्य भएका छन् । वर्षायामको पानी घर भित्र पसेर रातीको समयमा सुत्न समेत समस्या भईरहेको सिता बादीले बताउनुभएको छ् । नगरपालिका, वडा कार्यालय र बिभिन्न संघ संस्थाले दिएको त्रिपालले छाएर बसन बाध्य भएको स्थानियबासी सिता बादीले बताउनुभएको छ् । वर्षौ देखि पछौटपन र गरिबीमा बाँच्न बाध्य भएको उहाँको दुखेसो छ् । नाच्ने, गाउने र मादल बनाउने वर्षौ देखिको पुख्यौली पेशाबाट अब बाँच्न सक्ने अवस्था नरहेको सिता बादी बताउछन् । हावा पानीले त्रिपाल समेत च्यातेर धुजा धुजा बनाउदा समेत त्रिपाललाई टालटुल पार्दै रात बिताउदै आएका छन् ।

पहिले पहिले बाउ बाजेले मादल बेचेर, गित गाएर अरुलाई मनोरञ्जन दिएर जिवन चलाएपनि अचेल आधुनिक बाजाको विकास संगै अब बादी समुदाय पुख्र्यौली पेशाले धान्नै नसक्ने स्थितिमा पुगेको छ् । पछिल्लो समय बादी समुदायका युवाहरु रोजगारीका लागी भारतका बिभिन्न शहरमा जाने गरेका छन् । गाँउ घरमा काम नपाइने र जगबुडा र महाकाली नदीमा माछा मारेर खान सक्ने अवस्था छैन् । त्यसैले सदियौ देखि पिछडिएका बादी समुदायको हितका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याएर सहयोग गर्नु पर्ने सिताको भनाई रहेको छ् ।

जगबुडा नदीमा विगत लामो समय देखि नदीको माछा र नजिकै रहेको भारतिय बनमा पाईने सागपातबाट आश्रित भएर बादी घरपरिवार घरपरिवारको अवस्था दैनिय छ् । देशकै सानो समुदायकोरुपमा रहेको बादी समुदायको संरक्षण गर्दै उनिहरुको जिवन शैली परिवर्तन गर्न सहयोग गर्नु राज्य पक्षको प्रमुख दायित्व हुनआउछ् ।

देशमा तिन तहका सरकार भएर पनि राज्यको मूलधारबाट टाढा रहेका बडुवाल टोलका १३ बादी घरपरिवारले पाउनुपर्ने सेवा, सुविधाबाट बन्चित गरिनु दुभाग्र्यपूर्ण हो् ।
