दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जारी फुटवल प्रतियोगिताको आजको अन्तिम खेलमा सशस्त्र प्रहरी अत्तरियालाई हराउदै जय गुरुदेव बिजय भएको छ् । संसारीमाई मध्यवर्ती सामुदायिक समिती, दोधारा चाँदनी–७ को लक्ष्मी माबिको खेल मैदानमा जारी फुटवल प्रतियोगिताको आजको फाईनल खेलमा सशस्त्र प्रहरी अत्तरियालाई हराउदै जय गुरुदेव बिजय आयोजक संस्थाले जनाएको छ् ।

साउन १७ गते देखि संचालन भएको फुटबल प्रतियोगिता आज सम्पन्न भएको हो । फाईनल खेलमा जय गुरुदेव र एपीएफ अत्तरिया बिच प्रतिस्पर्धा भएको खेलमा ३ को बिरुद्ध २ गाले गरेर जय गुरुदेव बिजय भएको थियो । प्रतियोगितामा जम्मा १० टिम सहभागी थिए ।

विजेता नगद ६१ हजार र उपबिजयता टिमलाई रु. ३१ हजार सहित ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिता हेर्न स्थानिय खेलप्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

