अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कञ्चनपुरमा सरसफाई तथा वृक्षारोपण

पप्पु गुरुङ्ग, दोधारा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सुदृढ परियोजना अन्तर्गत, भीमदत्त नगरपालिका, वडा नं.– १८, नेपाली सेना तथा उत्थानशील युवा सञ्जालको सहकार्यमा ईको पार्कमा विभिन्न जातका बिरुवा रोपिएका छन् ।

यसै क्रममा, भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले भीम वाटिकामा नगर प्रहरी, फोहर व्यवस्थापन कर्मचारी, एनएनएसडब्ल्यूएका प्रतिनिधी तथा ५० जना युवाको सहभागीतामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ् । बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र बढी प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरुको संरक्षण गर्ने उद्देश्यले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको ‘गिफ्ट प्लान्टेशन सपोर्ट’ कार्यक्रम अन्तर्गत गत वर्ष देखि ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन गर्न लागिएको छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले ईको सिस्टमको संरक्षण आवश्यक भएको बताउदै, यसबाट जलवायु परिवर्तनको असर कम गर्न सकिने तर्क गर्नुभयो । उहाँले सरकारले सन् २०३० सम्ममा तिन करोड बिरुवा रोप्ने नीति लिएको बताउदै एनएनएसडब्ल्यूएले यही उद्देश्य अनुरुप काम गरिरहेको जानकारी दिनुभयो । भीमदत्त नगरपालिकाका उप–मेयर निलम जोशी लेखकले बजारको मुटुमा रहेको ईको पार्कको संरक्षण, संम्वर्धन र व्यवस्थापन निरन्तर रुपमा भईरहेको उल्लेख गर्दै, वृक्षारोपण संगै रोपिएका विरुवाहरुको संरक्षण पनि आवश्यक हुनेमा जोड दिनुभयो ।

उहाँले ईको पार्कको व्यवस्थापनका लागि पालिकाले बजेट विनियोजन गरेर काम अघि बढाउने पनि प्रतिवद्धता जनाउनुभयो । भीमदत्त नगरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले ईको पार्क व्यवस्थापन कार्यमा डिसीएको गिफ्ट सहयोगका लागि धन्यवाद प्रकट गर्नुभयो । उहाँले वडाको बजेट र संस्थाको सहयोग मात्र पर्याप्त नहुने तर्क गर्नुभयो । उहाँले स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान नपुगेको दुखेसो गर्दै, यसको व्यवस्थापन तथा संरक्षणका लागि सबैको चाँसो आवश्यक हुनेमा जोड दिनुभयो ।

गर्न सहज हुने गरी ट्र्‍याकहरु खोलिएकाले स्वास्थ्यका लागि पनि लाभदायी हुने एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । वातावरणीय चुनौतीहरुलाई सामना गर्न यस्ता सक्रियता र साँझा प्रयासहरु आवश्यक रहेका छन् ।

जसले हाम्रो शहर र वातावरणलाई हरियालीले भरिपूर्ण, स्वस्थ र दिगो बनाउन भुमिका खेल्नेछ् ।

 

ताजा समाचार