वुवाको सम्झनामा युवा नेता खड्काले खुवाए अनाथ वालवालिकालाई एक छाक खाना

दोधारा । आफ्नो वुवाको सम्झनामा दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी युवा नेता रामसिंह खड्काले अनाथ वालवालिकाकालाई एक छाक खाना खुवाएका छन् । सोमवार महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा पुगेर युवा नेता रामसिंह खड्का उनका भाई दिपु खड्का लगाएत जहान परिवारले अनाथ वालवालिकालाई एक छाक खाना खुवाएका हुन् । आफ्नो वुवाको देहान्त भएको सम्झनामा अनाथ वालवालिकालाई एक छाक खाना र केही रकम सहयोग गरेको रामसिंह खड्काले बताएका छन् ।

वाल अनाथलयमा रहेका २२ जना अनाथ वालवालिकाहरुलाई एक छाक खाना र केही रकम हस्तान्तरण गरेका थिए । सबै जसो बालबालिकालाई बजार क्षेत्रका निजी तथा सरकारी स्कुलले नि:शुल्क अध्यापन गराईरहेको भएपनि अनाथालयको अन्य व्यवस्थापनमा भने आर्थिक अभाव हुदै आएको बताईएको छ् ।

विसं २०४९ मा स्थापना भएको बाल अनाथालयलाई राज्यबाट खासै सहयोग नभएको समाज कल्याण अञ्चल बाल अनाथालयले बताउदै आएको छ् ।

ताजा समाचार