बडुवाल टोलमा बाघको त्रास, मध्यरातमा बाघको आक्रमणबाट बाच्छी गम्भिर घाईते

दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल बस्तीमा बाघको आक्रमणबाट एक गाईको बाच्छी गम्भिर घाईते भएको छ् । दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोलमा गएराती नजिकै रहेको भारतिय जंगलबाट बस्ती भित्रिएको पाटे बाघले घरमा बाँधेर राखेको डब्बु सार्कीको बाच्छीलाई आक्रमण गरेको स्थानियबासी बल बहादुर सोनीले खबर दिएका छन् ।

मध्यरातमा बाँधीएको बाच्छी माथी बाघले आक्रमण गरेको थाहा पाए संग हल्ला गरेपछि बाघ जंगल तर्फ भागेको डब्बु सार्कीले बताएका छन् । आक्रमणबाट घाईते भएको बाच्छीको घरेलु उपचार गरेको उनले बताएका छन् ।

ताजा समाचार