पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् व्यवस्थापन तथा प्रतिकार्यको लागी सोर्य बत्ती जडान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ को रामपुरे र वडा नं. ८ को जर्का टोलमा विपद् व्यवस्थापन तथा प्रतिकार्यको लागी सोर्य बत्ती जडान गरिएको निड्स नेपालको स्कोप आरथ्री परियोजनाका सहजकर्ता रेनु विकले जानकारी दिनुभएको छ् । रामपुरे टापु र जर्का टोलमा जगबुडा नदीको भंगालो बस्तीमा पसेर ठुलो धनमालको क्षती बनाउदै आएको अवस्थामा रातीको समयमा मानविय क्षती रोक्न रामपुरे टापुमा २ वटा र जर्का टोलमा २ वटा स्वचालित सोर्य बत्ती जडान गरिएको सहजकर्ता रेनु विकले बताउनुभयो ।

निड्स नेपाल र अक्सफाम नेपालद्धारा सञ्चालित स्कोपआरथ्री परियोजनाबाट रु. ३ लाख ४८ हजार रकमबाट ४ स्थानमा सोर्यबत्ती जडान गरिएको उहाँले बताउनुभएको छ् । बाढी आएको बेला रातीको समयमा सुरक्षित स्थानमा जान स्थानियबासीहरुलाई अध्यारो पर्ने भएको हुदा आवश्यक स्थान छनौट गरि सोर्य बत्ती जडान कार्य सम्पन्न गरिएको स्कोप आरथ्री परियोजनाका सहजकर्ता रेनु विकले बताउनुभयो ।

जगबुडा नदीको नजिक रहेको रामपुरे टापु र जर्का टोलमा रातीको समयमा बाढी आएको बेला अध्यारोको कारण ज्यान जोगाउन निकै सकस पर्ने हुदा निड्स नेपाललाई रामपुरे सामुदायिक विपद् व्यवस्थापन समिति र ट्वाल ट्वाले सामुदायिक विपद् व्यवस्थापन समितिको अनुरोध गरेपछि सोर्यबत्ती जडान गरिएको ट्वाल ट्वाले विपद् व्यवस्थापन समिति दोधारा चाँदनी– ८ का संयोजक टिका देबी मगरले बताउनुभएको छ् ।

बाढी आएको बेला रातीको समयमा सुरक्षित स्थानमा जान र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने उहाँले बिश्वास ब्यक्त गर्नुभएको छ् । निड्स नेपाल र अक्सफाम नेपालद्धारा सञ्चालित स्कोपआरथ्री परियोजनाबाट ४ स्थानमा सोर्यबत्ती जडान भएर झिमिल्ल भएपछि स्थानियबासीहरुले खुशी ब्यक्त गरेका छन् ।
