स्याली नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला

डम्मरी बिष्ट/कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका करिब ७० वर्षीय गणेश कुँवरको शव तीन दिनपछि फेला परेको छ।

शुक्रबार साँझ नदी तर्ने क्रममा बगेर बेपत्ता भएका कुँवरको शव बगेको स्थानबाट करिब दुई किलोमिटर दक्षिणतर्फ स्याली नदीको दोभानमा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।

कुँवर तारापुर स्थित शिवरमा बस्दै आएका थिए। प्रहरीले स्थानीयवासी र निकुञ्ज कर्मचारीको सहयोगमा खोजतलास थालेको थियो। शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

ताजा समाचार