महेन्द्रनगर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा सरसफाइ अभियान सुरु गरेको छ।

सनिवार एक कार्यक्रमको आयोजना गर्दै क्लबका अध्यक्ष लोक बहादुर बलायरको सभापतित्वमा “खेलकुद संगै सुरक्षित सरसफाइ सेवामा समावेशीता हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ अल स्टार युवा क्लब बेलडाँडी गाउँपालिका वडा नं.-०१ द्धारा सरसफाइ अभियान सुरु गरेको क्लबका सहसचिव दिपक कोइरालाले बताउनु भयो।

उनका अनुसार, सरसफाइ अभियान आइतबार र सोमबार बिहान निरन्तर चल्ने छ। भने अन्य कार्यक्रम हप्तामा प्रत्येक सनिवारको दिन बिहान २ घण्टा गर्ने गरि कार्यतालिका रहेको छ। खेलकुदका गतिविधि संगै क्लबले समाज सुधार लगायत अतिरिक्त क्रियाकलाप गर्ने योजना बनाएको छ। अभियान लाई सुरुवात गर्न सहयोग पुगाउने सम्पुर्ण सहयोगी हातहरु लाई क्लबले धन्यवाद समेत व्यक्त गरेको छ।

सरसफाइ अभियानको सभापतित्व क्लबका अध्यक्ष लोक बहादुर बलायर, बेलडाँडी गाउँपालिका वडा नं. ०१ का निवर्तमान वडा अध्यक्ष अमर बहादुर खत्री, सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष एवम् क्लबका सल्लाहकार संयोजक दिर्घ बहादुर सिंह, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष एवम् पत्रकार मोहन बिष्ट क्लबका पदाधिकारी, खेलाडी खेलप्रेमी लगायत समाजका युवा नेतृत्वकर्ता लगायत बुद्धिजीवीको समेत उपस्थिति रहेको थियो।
