महेन्द्रनगर : कैलालीको धनगढी स्थित कमल रेस्टुरेन्ट एण्ड बारका संचालक कमल राना र कमला राना दम्पतीले छोराको जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । राना दम्पतीले छोरा अभिषेक रानाको २० औं जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका हुन् ।

भीमदत्त नगरपालिका-५ स्थित बनखेतमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रलाई राना दम्पतीले छोराको जन्मदिनको अवसरमा चामल, दाल, फलफुल, लगायत खाद्यान्न सहयोग गरेको अनेरास्ववियु कन्चनपुर जिल्ला सह-संयोजक बासुदेव भट्टले बताए ।

साथै सह-संयोजक भट्टले परिवार गायत्री भट्टको पनि शुक्रबार परेको जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न लगायतका सामाग्री सहयोग गरिएको बताए ।

