कञ्चनपुरमा अनियमित विद्युत कटौती बिरुद्ध पुर्व वडाध्यक्षद्वय धामी, कुँवर विद्युतमा डेलिगेशन

कञ्चनपुर: नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान हटाएपछि कञ्चनपुर सहित देशभर अनियमित विद्युत कटौती हुन थालेपछि उपभोक्ता मारमा पर्दै आएका छन । सरकारले कुलमान हटाएदेखि यता निरन्तर कञ्चनपुरमा पनि अनियमित विद्युत कटौती हुन थालेपछि उपभोक्ता मारमा पर्दै आएका हुन ।

समान्य हावाहुरी बर्षादेखि प्रचण्ड गर्मीका अघोषित लोडसेडिङ हुन थालेपछि जिल्लाका पुर्व जनप्रतिनिधी सहितका सर्वसाधारण विद्युत बिरुद्ध देखिएका छन । आइतबार भीमदत्त नगरपालिका ६का पुर्व वडाध्यक्ष हरक सिह धामी, ७का पुर्व वडाध्यक्ष शंकर कुँवर सहितका समाजसेवी अगुवा नागरिकले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरमा डेलिगेशन दिएका छन । उनीहरुले विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्य आएदेखि यता देशभर जस्तै कञ्चनपुरमा पनि अनियमित विद्युत कटौती, पुर्व सुचना बिनै झ्यापझ्पाय काटने काम किन भईरहेको भन्दै जिज्ञासा राखेका थिए ।

भीमदत्त नगरपालिका ६का पुर्व वडाध्यक्ष हरक सिह धामीले नागरिकमाथि सरकारले अन्याय गर्न खोजेपछि आफुहरुले विद्युत कार्यालय महेन्द्रनगरको सेवा अवरुद्ध बारे गम्भिर ध्यानाकर्षण सहित सुझाव दिएको बताए । ‘विद्युत नियमित रुपमा कटौती भईरहेको छ, यता जनता मारमा परेका छन, यस बारेमा सरकारले केही सोचेकोे छैन, ‘उनले भने, ‘विद्युतको राष्ट्रिय समस्या सहित स्थानीय समस्या सरोकारवालासंग बसेर समाधान गर्न सकिन्छ, यस विषयमा सर्वपक्षीय, सर्वदलिय बैठकबाट निकास निकाल्न जरुरी छ ।’ नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका धामीले एक साताभित्रै विद्युत समस्या समाधान बारे सरोकारवालासंग छलफल नगरे आन्दोलनको चेतावनी दिए ।

भीमदत्त नगरपालिका ७ का पुर्व वडाध्यक्ष शंकर कुँवर विद्युत जस्तो अति सम्वेदनशिल क्षेत्रमा सरकारले छेडखानी गरेको बताए । सरकारले जनतालाई विद्युत सेवा छटौत गरेर ठुला उद्योगी, व्यवसायीतर्फ दिने कार्यबाट अनियमित विद्युत सेवाले नागरिक हैरान भएको बताए । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण शाखा कार्यालय कञ्चनपुरका निमित्त प्रमुख उमेश भण्डारीले नागरिक स्तरबाट विद्युत सेवा बारे उठान भएका विषय बारे कार्यालय प्रमुख काठमाण्डौँबाट फर्किएपछि छलफल गरिने बताए ।

ताजा समाचार