कञ्चनपुर : नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ११को वडाध्यक्षमा मधु सुनार चयन भएका छन । शनिबार माओवादी केन्द्र भीमदत्त नगरपालिका ११को दोस्रो वडा अधिवेशनबाट अध्यक्षमा सुनार चयन भएका हुन ।

नेकपा माओवादी केन्द्र भीमदत्त नगरका युवा नेता पंकज जोशीले सर्वसम्मतिय आधारमा वडा कमिटि चयन गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माअोवादी केन्द्रीय सदस्य तथा कञ्चनपुर निर्वाचन क्षेत्र ३का इन्चार्ज लोकेन्द्र लम्सालले वडा कमिटिले जनताको हितमा काम गर्नुपर्नेमा जोडिदिएका छन ।

भीनपा ११ माओवादी वडा कमिटिले वडामा हुने बेथिति रोक्दै जनताको कामकाजमा जोडदिएका छन । वडा सम्मेलनमा नेकपा माओवादी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

