विद्यालय स्तरीय मातृभाषीक कविता प्रतियोगिता सम्पन्न


महेन्द्रनगर : गुगुल्डि वाङमय प्रतिष्ठानको आयोजनामा विद्यालय स्तरीय (कक्षा ८-१२) मातृभाषीक कविता प्रतियोगिता महेन्द्रनगरमा सम्पन्न भयेको छ। विद्यार्थीहरूलाई साहित्यिक अभिमुखीकरण तथा सिर्जनात्मक लेखन तिर प्रेरित गर्न आयोजित प्रतियोगितामा बिभिन्न १२वटा विद्यालयका २२जना छात्र-छात्रा सहभागी भयेका थिए। प्रतियोगितामा ग्वाल्लेक मा वि का प्रकृति ठगुन्ना प्रथम, नवप्रतिभा मा वि का गरिमा भट्ट द्वितीय, शान्तिनिकेतन मा वि का अनुश कुवर तृतीय र सत्यवादी माध्यमिक विद्यालय बनगाउँका कपिलदेव ओझाले सान्त्वना स्थान प्राप्त गरेका छन। प्यारो मातृभूमी शिर्षकको भाव समेटने गरी रचना गरिएका कविता प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई क्रमशः रू २०००/-, १५००/- , १०००/- , र ५००/- नगद पुरूस्कार, प्रमाणपत्र तथा प्रतिष्ठानका प्रकाशन प्रदान गरिएको छ।

प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द विश्रामको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार कृष्णदत्त चटौत कान्त प्रमुख अतिथि रहनु भयेको थियो।  प्रतियोगिताको निर्णायकमा साहित्यकार पञ्चमराज भट्ट, चन्द्रकला पन्त तथा छन्दकवि कविराज भट्ट रहेका थिए। युवाकवि प्रेमप्रकाश कलौनीद्वारा सञ्चालन गरिएको कार्यक्रममा सहभागी एवम् अतिथिहरूलाई स्वागत गर्दै प्रतिष्ठानका सचिव जगदीश ओझाले युवा विद्यार्थीहरू लाई सिर्जनात्मक बाटोमा डोर्याउन यस प्रकारका कार्यक्रमलाई प्रतिष्ठानले नियमित सञ्चालन गर्दै आयेको र भविष्यमा युवा प्रतिभा केन्द्रित कार्यक्रमका लागि अक्षयकोष समेत स्थापना गरिएको जानकारी दिनु भयेको थियो। कार्यक्रमको दोस्रो सत्रमा वीरबहादुर चन्द बिश्रामले परिकल्पना गर्नु भयेको ” लोलिगोरा ” लघु कविताको सायि (भित्ते ) पत्रिकाको लोकार्पण गरिएको थियो।

कार्यक्रममा कविता विधाबारे कविराज भट्ट, जीवनमा गीतादर्शन बारेमा सुरेन्द्रराज ओझाले ,विद्यार्थीहरूका प्रस्तुत कविता बारेमा पञ्चमराज भट्ट तथा कृष्णदत्त चटौत कान्तले संक्षिप्त चर्चा गरेका थिए। त्यसै गरि लक्ष्मीप्रसाद भट्ट, चन्द्रकला पन्त , एम के सलेनी लगायतले कविता प्रस्तुतिसंगै विवेचनात्मक मन्तब्य राखेका थिए। त्यसै गरि कार्यक्रममा साहित्यकार नारा जोशी, हिरा जोशी भट्ट लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम आयोजनाका सन्दर्भमा कार्यक्रममा आशिस स्टेशनरीका सञ्चालक खिमानन्द बडू तथा ग्लोबल एकेडेमीको बिशेष सहयोग रहेको थियो ।

नगद पुरस्कारको रकम ककालु मार्टका सञ्चालक जीतेन्द्र चन्दले उपलब्ध गराउनु भयेको थियो। कार्यक्रममा सभाध्यक्ष चन्द तथा प्रमुख अतिथि कृष्णदत्त चटौत, बिशिष्ट अतिथि नारा जोशीले सहभागी बिद्यार्थीहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गर्नुका साथै केशब बिष्ट (उग्रतारा बाल बिद्यालय बेलौरी), धर्मानन्द जोशी तथा माधव प्रसाद जोशी (लक्ष्मी मा वि बागफाटा), दीपेन्द्र ओझा (ग्लोवल एकेडेमी) र रामप्रसाद पाण्डेय (नवप्रतिभा ,ऐठपुर)लाई प्रतिष्ठानको तर्फबाट उपहार स्वरूप मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको समापनमा अध्यक्ष चन्दले मातृभाषीक संरक्षणका लागि युवा विद्यार्थीहरूले सचेत भयेर लाग्नु पर्ने विचार राखेका थिए।


ताजा समाचार

spot_img