हिन्दु धर्मावलीहरुको डाक काँवड यात्रा शुरु

कञ्चनपुर : श्रावण महिना शुरु भए देखि नै कञ्चनपुरको भीमदत्त नगरपालिकामा विभिन्न प्रकारका धार्मिक चहल पहल बढेको छ । श्रावण १ गते देखि डाक काँवड यात्रा शुरु भएको छ । भीमदत्त नगरपालिकामा रहेका भारतीय मुलका व्यवसायी तथा कञ्चनपुरका शिव भक्तहरुकोे संयुक्त टोली श्रावण १ गते भीनपा–४ स्थिीत प्राचिन सिद्धनाथ मन्दिरमा विधिपूर्वक पुजागरी भारतको तिर्थस्थल हरिद्वार प्रस्थान गरेको छ, उक्त टोलीले हरिद्वार बाट जल लिएर श्रावण ५ गते सोमाबार पुग्ने छ ।

हरिद्वार बाट गंगाजल लिएर पुनः सिद्धनाथ बाबाको दर्शनगरी पुजा अर्चना गरे पश्चात यात्रा सफल भएको मानिने छ । श्रावण १ गते प्राचिन सिद्धनाथ मन्दिरबाट हिडेको टोलीले श्रावण २ गते विहान हरिद्वार बाट जल लिई आउने छन् तर हरिद्वार जाने बेला गाडीमा गए पनि आउदा दिन रात नभनी पैदल आउने छन् आउदा हरिद्वार बाट ल्याएको जललाई आफ्नो काँधमा राखेर ल्याउने छ । सो अवधिमा हरिद्वार बाट ल्याएको जललाई जमिनमा राखे डाक काँवड यात्रा असफल मानिने छ ।

त्यसैले दिनरात गरि प्राचिन सिद्धनाथ मन्दिरमाआएर जल चडाए पछि यात्रा सफल भएको मानिने र भगवानले मनोकामना पुर्ण गर्ने विश्वास रहेको डाक काँवड यात्रा आयोजक सचिनले बताए । भनिन्छ यो भगवान शिवको महिना हो, यसै कारणले यस महिनामा शिवको मन्दिरमा पुजा अर्चना गर्ने भिड रहेको हुन्छ, साथै हरेक सोमबार अविवाहित महिलाहरुले ब्रत बस्ने र राम्रो बर पाउने भनी शिवको आराधाना गर्ने चलन पनि रहेको छ ।

ताजा समाचार