नगर क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउने जनज्योति माविका शिक्षक बिद्यार्थीहरुलाई सम्मान

दोधारा । परिक्षामा उत्कृष्ट ल्याउने जनज्योती माध्यमिक बिद्यालयका शिक्षक र बिद्यार्थीहरुलाई सम्मानित गरिएको छ् । दोधारा चाँदनी नगरपालिका–८ वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रममा कक्षा ८ र एसइइमा नगर क्षेत्रमा उत्कृष्ट भएको भन्दै जनज्योती माध्यमिक बिद्यालयका शिक्षक र बिद्यार्थीहरुलाई सम्मानित गरिएको बिद्यालयका प्रधानध्यापक अमर बहादुर बिकले जानकारी दिनुभएको छ् ।

सम्मान कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा देबी जोशी, वडाध्यक्ष ओंमप्रकाश रोकाया, बिद्यालयका प्रधानध्यापक अमर बहादुर बिक, शिक्षक, बिद्यार्थी तथा बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा शिक्षकहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको प्रधानध्यापक अमर बहादुर बिकले बताउनुभयो ।

आगामी दिनहरुमा बिद्यालयले थप उत्कृष्ट नतिजा ल्याउन सफल हुनेमा बिश्वस्त रहेको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

उहाँले कक्षा ८ र एसइइमा उत्कृष्ट नतिजा ल्याउनमा शिक्षक तथा अभिभावक तथा बिद्यालय व्यवस्थापन समितिको रहेको बताउदै सबैलाई धन्यबाद दिनुभएको छ् ।

ताजा समाचार