अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई गृहजिल्ला महेन्द्रनगरमा सम्मान

महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई गृहजिल्ला महेन्द्रनगरमा भब्य सम्मान गरेको छ।

खेलकुद जीवनकाल सितोरियो कराँते डोजोबाट गरेका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पदक दिलाउदा महेन्द्रनगर डोजो परिवारले खुसी व्यक्त गर्दै गृहजिल्ला कञ्चनपुरमा एक कार्यक्रमको आयोजना गर्दै धन्यवाद साथ सम्मान गरिएको हो। प्रशिक्षक बिरेन्द्र चन्दले बताए।

श्रीलंकामा सम्पन्न ९औं दक्षिण एसियाली कराँते च्याम्पियनसिप प्रतियोगितामा पदक हात पार्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन सफल खेलाडी महेन्द्रनगर डोजोका खेलाडी आस्था लुहार र सोनिया तिरुवा र उक्त डोजोबाट प्रशिक्षण गरि क्लब बाट खेल्दै गरेका खेलाडी महमद सेख आलम, सुनिता सुनार र सुरेश जबरेल लाई प्रशिक्षक चन्दले आगामी दिनको सफलताको शुभकामना साथ धन्यवाद व्यक्त गरेका छन्।

ताजा समाचार

spot_img