काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको निर्वाचन सम्पन्न

काठमाडौ : कानुन व्यवसायीहरूको काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको निर्वाचन काठमाडौंमा सम्पन्न भएको छ। यहीँ असार २८ साँझ सम्पन्न भएको निर्वाचनमा अधिवक्ता सुबोध बाबू चिलुवालले ११११ मत ल्याउँदै प्रतिद्वन्द्वी अधिवक्ता सुरेन्द्र तिवारीलाई ९८१ मतले पछाडि पार्दै अधिवक्ता चिलुवाले अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवक्ता तिवारीले १३० मत मात्रै प्राप्त गर्नुभएको थियो अधिवक्ता चिलवाल अध्यक्षमा निर्वाचित भएसँगै उपाध्यक्षमा अधिवक्ता लक्ष्मी सापकोटा घिमिरे १११० मतका साथ विजयी हुनुभएको छ।

सचिवमा अधिवक्ता पुरुषोत्तम अर्याल ( ११४६ मत ), सह-सचिवमा अधिवक्ता अनिता शर्मा (अनु) निर्विरोध निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा अधिवक्ता प्रमिला कायस्थ, २ जना महिला सदस्यका लागि अधिवक्ता सम्झना केसी र तुलसा खरेल निर्विरोध निर्वाचित हुनुभएको छ। १२ जना खुला सदस्यहरू अन्तर्गत अधिवक्ताहरू जनकसिंह साउद,सरोज लामा,उदयन रेग्मी, विक्रम खत्री, सुरेन्द्र रायमाझी, गणेश भट्टराई, कृष्णप्रसाद दाहाल, तुलसीराम पराजुली, सुनिलकुमार यादव, बोधविक्रम थापा, रामबहादुर शाही, सरोज सिलवाल र देवेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ।

ताजा समाचार